Home / Feature Breaking news / एकजना पाठकको ‘लोन’ कथाः ‘ठूलो होटलमा खाएको ठूला अक्षरमा लेखिदिनू’

एकजना पाठकको ‘लोन’ कथाः ‘ठूलो होटलमा खाएको ठूला अक्षरमा लेखिदिनू’

एउटा व्यावसायिक सपना बोकेर त्यस म फाइनान्समा पुगेको थिएँ, अर्थात तुलसीपुर उपमहानगरपालिकाको बिजौरीस्थित गोर्खाज् फाइनान्समा । मेरो डिल सामान्य कर्मचारीसँग थिएन, सोझै सो फाइनान्सका ब्राञ्च मेनेजर राम रावलसँग । अन्ततः दुई बढीभन्दा बढीको मेरो लोन सपना सार्थक हुन सकेन, उल्टै थप अनावश्यक व्ययभार खेप्नुपर्यो । लोनको आवश्यक÷अनावश्यक प्रक्रियामा ।

मेरो नाम केशव शाह हो । गत भदौमा व्यापारिक कामका लागि मलाई केही आर्थिक अभाव भएका कारण परिवारसमेतको सल्लाहमा बैंकबाट ऋण खाने सल्लाह भयो । सोहीबमोजिम बिजौरीमा रहेको गोर्खाज फाइनान्समा ऋणका लागि कुराकानी भयो । मैले तुलसीपुर उपमहानगरपालिका डुरुवामा रहेको करिब १ बिगाहा जग्गा धितो राखेर ऋण खाने सल्लाह भयो । लामो समय ऋणको लागि आवश्यक कागजपत्र तयार गर्न लाग्यो ।

र, अन्तमा यही कार्तिक ५–६ गतेतिर जग्गा रोक्का गरियो । त्यो बेलासम्म फाइनान्सका ब्राञ्च मेनेजर सकारात्मक जस्तै लाग्थ्यो । त्यसपछि भोलिपल्ट पैसा लिनका लागि म र बुवा बैंकमा जाने सल्लाह भयो । र बिहान
मैले बैंक मेनेजरलाइ फोन गरेर हामी (बुवाछोरा) आउन लागेको जानकारी गराए । त्यसपछि बैंकका शाखा प्रमुख राम रावलले हुन्छ आउनुस् भन्नुभयो । उहाँकै आग्रह वमोजिम हामी बैंकमा गयौं । त्यहाँ पुगेपछि रावलले आमा र श्रीमतीलाई ल्याउनुभएन ? भनेर सोध्नुभयो ।

मैले खै यो विषयमा हजुरले हामीलाई कुनै जानकारी नै गराउनुभएन, पहिले भनेको भए हुने अब, अहिले त श्रीमती तिहारका लागि माइत गैसके । अब भोलिदेखि तिहारका कारण बैंक बन्द भैहाल्छ, आज आएर अन्तिम समयमा मैले कसरी ल्याउने भनेर प्रश्न गरे । तर रावलले केही आक्रोशको मुद्रामा तपाईका श्रीमती जापान जाऊन् कि अमेरिका हामीलाई त्यसको केही मतलब भएन, यो बैंकको नियम हो भनेर झर्किए ।

म्यानेजर हुन्, उनलाई झर्किने अधिकार थियो, तर हामी संयमित थियौं । मलाई लाग्यो, अब बैंकले ऋण नदिने मनशाय बनाएछ । त्यसपछि मैले पनि उनलाई ग्राहकसँग बोल्ने सामान्य शिष्टता राख्नमात्र आग्रह गरें । र हामी त्यहाँबाट फर्कियौं । त्यसपछि तिहारको विदा पनि भयो । तिहारको विदा सकिएपछि कार्तिक २० गते शुक्रवारका दिन आखिर ऋण प्रोसेसिङका लागि केही रकम खर्च भइसकेका कारण जे भए पनि ऋण पाइन्छ कि भनेर मैले बैंकका प्रमुख रावललाई फोन गरे र उनलाई ऋणको बारेमा जिज्ञासा राखे ।

तर जवाफमा उनले भोलि बैंकमा आउन र रोक्का भएको जग्गा फुकुवाका लागि लेखिएको पत्र लिएर जानभने । यतिका प्रक्रिया पूरा गरिसकेपछि लोन नदिनुथियो भने हामीलाई किन झुलाइयो ? मेरो यत्ति मात्र जिज्ञासा हो । अनि मैले ऋण प्रोसेसिङका क्रममा लागेको मेरो रकम के हुने भनेर प्रश्न राखे । किनकि त्यही ऋणका लागि मैले इन्जिनियरलाई भनेर बैंकका शाखा प्रमुख रावललाई १८ हजार रुपैयाँ दिएको थिएँ । अनि खाजा खुवाउनुप¥यो भनेर खैरामा रहेको एकान्त होटलमा करिब ६ हजार बराबरको नास्ता (रक्सीसमेत) खुवाइसकेको थिएँ । किनकि यी कानुनमा तोकिएका बाहेकका व्यवहारिक प्रक्रिया थिए भन्ने सोंचेको थिएँ । नक्सापास, सिफारिस, जग्गा रोक्का लागि समेत करिब १२ हजार खर्च गरिसकेको थिएँ ।

त्यसकारण अब मैले ऋण नपाउने हो भने, सो फाइनान्सले अनावश्यक रुपमा खर्च गरिदिएको सो रकम उपलब्ध गराउन आग्रह गरे । जवाफमा उनले त्यो पैसा बैंकले नदिने बताए । त्यसपछि मैले उनलाई त्यसो भए अब म मिडियामा जान्छु, तपाई र तपाईको बैंकको बारेमा पत्रिकामा समाचार छपाउँछु भने । जवाफमा उनले ‘हुन्छ केही छैन, अलि ठूलो होटलमा खाएको लेख्नुहोला अनि पत्रिकाको ठूलो साइजमा ठूला अक्षरले समाचार छाप्नुहोला, मलाई केही फरक पर्दैन’ भन्ने जवाफ दिए । त्यसपछि म ममाथि परेको अन्याय र बैंकको ज्यादतीका विरुद्धमा मिडियामार्फत आफ्ना कुरा राख्न आएँ ।

मेरो गोर्खाज फाइनान्सप्रतिको कानुनी प्रक्रियाको गुनासो होइन, गुनसो त त्यस्ता खालका गैरजिम्मेवारी जवाफ दिने फाइनान्स मेनेजरसँग मात्रै हो । जिल्लाका हरेक बजारमा प्रशस्तै फाइनान्स र अन्य बित्तीय संस्थाहरु पनि छन्, तर गोर्खाजको म्यानेजरको जस्तो स्वभावका अरु सायदै होलान् । ऋण दिन्छु भनेर करिब ४० हजार रुपैयाँ जति अनावश्यक खर्च गरिदिएकाले क्षतिपूर्तिसहित न्याय पाउने आशा राखेको छु ।

केशव शाह
घोराही–९, बकुलाही, दाङ । गोरक्ष दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*