पोखरा,१० असोज । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा–२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका हुन् । ‘पौडेलसहित अरु पनि एक दुई जना समातिएका छन्,’ वडा प्रहरी कार्यालय बैदामाका प्रमुख डीएसपी नवीन कार्कीले भने, ‘अनुसन्धानपछि थप कुरा बाहिर ल्याउने छौं ।’
प्रहरकिा अनुसार पौडेलले अभियोग स्वीकार गरेका छन् । तर, अरुमाथि पनि आशंका रहेकाले अनुसन्धान जारी छ ।
श्रीया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, उनी एकाएक हराएकी थिइन् । मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो ।
RaptiSandesh RaptiSandesh