दाङ, २८ साउन
दंंगाली नव गायक शालिकराम पौडेलको तीज गीत बजारमा आएको छ । विभिन्न चर्चीत गीतहरु गाएर चर्चा बटुलेका पौडेलले तीज गीत ‘जुनतारा झलमल’ बोलको गीत हालैमात्र सार्वजनिक भएको छ ।
‘जुनतारा झलमल के भनौ मायालाई मै परे अलमल’ बोलको उनको गीत सार्वजनिक भएसँगै लोकप्रीय बनेको छ ।
मधुसुदन डाँगीको शब्द र नारायण केसीको लय रहेको यस गीतमा शालिकराम पौडेल र सुष्मा ठकुरीको स्वर रहेको छ ।
जुन गीतलाई वन वे फिल्मस् प्रालिले उत्पादन गरेको हो । जुन गीतमा सुरज, कल्पना, अरुण र सीताको अभिनय रहेको छ ।
गीत हेर्न यहाँ क्लीक गर्नुहोस्ः