Home / Feature Breaking news / सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक शुक्रबार दिउँसो ४ बजे बस्दैछ।

संघीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा दुवै सदनका सदस्यहरुलाई १५ मिनेट अगाडि (दिउँसो ३:४५ बजे) नै उपस्थित भएर आ–आफ्नो स्थानमा बसिसक्न भनिएको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३:४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस भएको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८/७९’ पेस गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*