Home / Feature Breaking news / स्वास्थ्य कार्यालय दाङकाे अनुराेध- नआत्तिनुस् तर सचेत बन्नुस्

स्वास्थ्य कार्यालय दाङकाे अनुराेध- नआत्तिनुस् तर सचेत बन्नुस्

दाङ, २ जेठ
दाङमा दुई जनाकाे काेराेना संक्रमण रिपाेेेेर्ट पाेजेटिभकाे खबरसँगै त्रासका साथमा सामाजिक सञ्जालमा दाङ उच्च जाेखीममा भन्ने स्ट्याटसहरू आईरहदा स्वास्थ्य कार्यालय दाङले भने नआत्तिन अनुराेेध गरेेेेेकाे छ ।

दाङ जिल्ला भारतसँग सीमा जाेडीएकाे जिल्ला भएकाले जाेखीम भएपनि आात्तिनुपर्ने अवश्था नभएकाे स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पाैडेलले जानकारी दिनुभयाे ।

दाङमा काेराेना पुष्टी भएकाे दुई जना युवाहरू भारतबाट आएर सिधै क्वारेनटाइनमा रहेकाे पाैडेलेले बताउनुभयाे । सिधै क्वारेनटाइनमा रहेकाे र उनीहरू बाहिरी सम्पर्कमा नरहेकाले अन्य व्यक्तीहरूमा सर्न नपाएकाे उहाँले जानकारी दिनुभयाे ।
साथै पाैडेलले नआत्तिएर सावधानी अपनाउन सम्पूर्ण दाङबासीहरूमा अनुराेध गर्नुभएकाे छ ।
“दाङमाा काेराेनाकाे जाेखीम त छ नै तर आत्तिहाल्नुुुुुुुपर्ने छैन, आज काेराेना पुष्टि भएका गढवाका दुई युवाहरू क्वारेनटाइनमा रहेकाले बाहिरी सम्पर्क छैन” उहाँले भन्नुभयाे- “म सम्पूर्ण दाङबासीहरूलाइ के अनुराेध गर्न चाहन्छु भने नडराआै, नआत्तिउ, कमजाेर महसुश नगराै, तर सबै जना सचेत बनाै लकडाउनकाे पूर्ण पालना गराैँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*