Home / समाचार / महिलाहरूकालागी हाेजेरी तालिम सुरू

महिलाहरूकालागी हाेजेरी तालिम सुरू

घाेराही, २९ जेठ
घाेराही उपमहानगरपालिका वडा नम्बर १५ काे सहयाेगमा घाेराहीमा एक महिने हाेजेरी तालिम घाेराहीमा सुरू भएकाे छ । स्वच्छ नेपालकाे अायाेजनामा सुरू भएकाे हाेजेरी (हातले बुन्ने) तालिमकाे वुधवार उद्घाटन गरिएकाे हाे । तालिमकाे घाेराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले गर्नुभएकाे हाे ।

स्वच्छ नेपालका अध्यक्ष सुशीला पाैडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै वडा अध्यक्ष पाण्डेयले महिलाहरूलाई सीप सिकाएर अात्मनिर्भर बनाउने उद्धेश्यकासाथ तालिमकाे अायाेजना गरिएकाे बताउनुभयाे । पाण्डेले सीप सिकेर व्यवसायीक रूपमा अगाडि बढ्न अनुराेध गर्नुभयाे ।

घाेराही उपमहानगरपालिमा वडा नम्बर १५ का सदस्य दुर्गा नेपाली, नेपाल पत्रकार महासंघ दाङका काेषाध्यक्ष अार.के.शीतल, स्वर्गद्वारी प्रशिक्षण केन्द्रका ईमा पाेख्रेल, प्रशिक्षक तुलसी पुनले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
तालिम उद्घाटन कार्यक्रमकाे सहजिकरण स्वच्छ नेपालका सदस्य निरञ्जना घिमीरेले गर्नुभएकाे थियाे ।

तालिमकाे प्रशिक्षकमा १५ जनाकाे सहभागीता रहेकाे थियाे । जसकाे प्रशिक्षकमा ईन्द्रा बुढा र तुलसी पुन रहनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*