घाेराही, १ वैशाख
घाेराहीकाे सहिद गेटमा समाज डेन्टल क्लिनिक सञ्चालनमा आएकाे छ । अत्याधुनिक सेवा सहित क्लिनिक सञ्चालनमा आएकाे हाे । क्लिनिककाे विहिवार उद्घाटन गरिएकाे छ । क्लिनिककाे दाङ जिल्ला उद्याेग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पाेख्रेल र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्ताेष सुवेदीले रिबन काटेर उद्घाटन गर्नुभएकाे थियाे ।
क्लिनिकमा दाँतसम्बन्धी परामर्श एवं सम्पूर्ण उपचारहरू गरिने प्राे. डा. लालमणी सुवेदीले जानकारी दिनुभयाे । ८ लाखकाे लगानीमा
क्लिनिक सुरूवात गरिएकाे र एक महिना बैशाख मसान्तसम्म सेवामा २५ प्रतिशत छुटकाे व्यवश्था गरिएकाे सुवेदीले जानकारी दिनुभयाे । साथै काठमाडाैँ पाेखराका डेन्टल अस्पतालमा काम गरेका विशषज्ञ डाक्टरबाट सेवा दिईने उहाँले जानकारी दिनुभयाे ।
RaptiSandesh RaptiSandesh