दाङ, २४ साउन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति दाङको आयोजनामा भदौ १५ देखी २७ गतेसम्म दाङकाेे घाेराहीमा हुने महोत्सवकालागि मूल समिति एवं उपसमितिहरु गठन गरिएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले महोत्सवकालागि प्रतिष्ठानका जिल्ला अध्यक्ष प्रेम शर्मा संयोजक रहेको मूल समिति गठन गरिएको छ ।
यस्तै उपसमितिहरु पनि गठन गरिएको छ । जसमा राजेन्द्र दाहाल संयोजक रहेको सांस्कृतिक उपसमिति, मिना लम्सालको संयोजनमा मञ्च व्यवस्थापन उपसमिति, रामसिह विश्वकर्माको संयोजक रहेको प्रचारप्रसार उपसमिति, हुमबहादुर डिसी संयोजक रहेको टिकट व्यवस्थापन उपसमिति, मनोज रसाईली संयोजक रहेको कलाकार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यस्तै प्रकाशकुमार अधिकारी संयोजक रहेको पार्किङ व्यवस्थापन उपसमिति, चाहना झाँक्री मगर संयोजक रहेको तिज नृत्य प्रतियोगीता उपसमिति र प्रेम शर्मा संयोजक रहेको तिज गीत प्रतियोगीता उपसमिति गठन गरिएको छ ।
तिज गित गायन र तीज नृत्य प्रतियोगीता प्रतियोगिताका विजेताहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गर्ने पन िबैठकले निर्णय गरेको छ । जसअनुसार प्रथमलाई २०हजार, द्धतियलाई १५ हजार, तृतियलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैया नगद सहित पुरस्कार प्रदान गरिने मूल समितिका संयोजकप्रेम शर्माले जानकारी दिनुभयो ।