Home / Feature Breaking news / उत्कृष्ट कार्य गर्ने दंगिशरण ६ वडा कार्यालय सम्मानित

उत्कृष्ट कार्य गर्ने दंगिशरण ६ वडा कार्यालय सम्मानित

घोराही, ८ चैत

जातिय विभेद तथा छुवाछुत विरुद्धको कार्यमा उत्कृष्ट कार्य गरेकोमा दंगिशरण गाउँपालिका वडा न. ६ सम्मानित भएको छ । ६० औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस २०८१ को अवसरमा वडा कार्यालय सम्मानित भएको हो ।

दिवशको अवसरमा दंगिशरण गाउँपालिकामा आयोजना गरिएको एक कार्यक्रममा वडालाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । त्यस अवसरमा दुई वटा सम्मानपत्रहरु प्रदान गरिएको थियो । दंगिशरण गाउँपालिका र दलित महिला संघ दाङले छुट्टाछुट्टै सम्मानपत्रद्वारा सम्मान गरेका छन् ।

दंगिशरण गाउँपालिकाले जातिय विभेद तथा छुवाछुत विरुद्ध निरन्तर अभियान तथा सामाजिक न्याय स्थापनाकालागि महत्वपूर्ण योगदान पुर्याएकाले स–धन्यवाद सम्मानपत्र प्रदान गरिएको छ ।

दलित महिला संघ दाङले आर्थिक वर्ष २०८१÷०८२ मा दलित समुदायको समग्र विकासमा वडाबाट तुलनात्मक धेरै दलित लक्षित बजेट बिनियोजन गरेकोमा सम्मानपत्र प्रदान गरिएको छ ।

वडालाई दंगिशरण गाउँपालिका अध्यक्ष सम्भु गिरीले वडाअध्यक्ष रोशनजंग शाहलाई प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा सम्मानपत्र ग्रहण गर्दै वडाअध्यक्ष रोशनजंग शाहले आगामी दिनमा पनि लक्षित समुदाय कार्यक्रमहरुलाई वडाले प्राथमीकताकासाथ सञ्चालन गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*