दाङ, २८ साउन
हिन्दुहरुको महान् पर्व हरितालिका तीज नजिकीदै छ । तीज आउन करिब १ महिना बाँकी हुदाँ तीज भाकाहरु घन्कन थालेका छन् । यसै क्रममा दंंगाली नव गायक शालिकराम पौडेलको नयाँ तीज गीत बजारमा आएको छ ।
विभिन्न चर्चीत गीतहरु गाएर चर्चा बटुलेका पौडेलले तीज गीत ‘पाउजु तालैमा’ बोलको गीत हालैमात्र सार्वजनिक भएको छ ।
‘पाउजु तालैमा, रातो सारी सर्काएर कम्मर मर्काएर कुम जोडी नाच्छु सानु अहिले सालैमा’ बोलको उनको गीत सार्वजनिक भएसँगै लोकप्रीय बनेको छ ।
शालिकराम पौडेलको शब्द र नारायण केसीको लय रहेको यस गीतमा शालिकराम पौडेल र कविता खनालको स्वर रहेको छ ।
जुन गीतलाई वन वे फिल्मस् प्रालिले उत्पादन÷सार्वजनिक गरेको हो ।
जुन गीतमा सुरज, कल्पना, अरुण र सीताको अभिनय रहेको छ । गीतमा विक्रम, टीका, अरुण र करिश्माको नृत्य रहेको छ ।
गीत हेर्न यहाँ क्लीक गर्नुहोस्ः