Home / Feature Breaking news / दाङमा कांग्रेसका उमेद्वारः को कहाँबाट उमेद्वार बन्दैछन् ?

दाङमा कांग्रेसका उमेद्वारः को कहाँबाट उमेद्वार बन्दैछन् ?

घोराही, १६ कार्तिक
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा निर्वाचनकालागि कांग्रेसले उमेद्वारको टुंगो लगाएको छ । वुधवार राति कांग्रेसले प्रतिनीधी सभा र प्रदेश सभा सदस्यकालागि उमेद्वारहरुको टुंगो लगाएको हो । कांग्रेसले दाङमा वहालवाला मन्त्रीदेखी कांग्रेसका पुराना नेता एवं युवा नेताहरुलाई यस पटकको निर्वाचनकालागि उमेद्वार बनाउने भएको छ ।

जस अनुसार कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधी सभातर्फ सुशीला चौधरी, प्रदेश सभामा क्षेत्र नम्बर १ (क) मा प्रदिप थापा र (ख) मा जानकिलाल बस्नेतलाई उमेद्वार बनाएको छ । चौधरी निवर्तमान सांसद हुन् भने थापा र बस्नेत यस क्षेत्रमा विकासप्रेमी नेताका रुपमा लोकप्रीय छन् ।

क्षेत्र नम्बर २ मा प्रतिनिधी सभातर्फ राजु खनाल, प्रदेशसभातर्फ (क) मा कमलकिशोर घिमीरे र (ख) मा भरतबहादुर न्यौपानेलाई उमेद्वार बनाउने भएको छ । यस क्षेत्रमा खनाल निवर्तमान सांसद हुन् ।

उनी सांसद हुदाँ यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमीका निर्वाह गरेका छन् । यस्तै घिमीरे युवा नेताका रुपमा परिचित छन् । कुशल नेतृत्वकर्ताको रुपमा एवं स्पष्ट वक्ताको रुपमा छवी बनाएका घिमीरे कांग्रेस दाङका पूर्व जिल्ला सचिव हुन् । न्यौपाने पुराना नेता एवं शालिन नेताको रुपमा चिनिन्छन् ।

दाङ क्षेत्र नम्बर ३ बाट पूर्व मन्त्री दिपक गिरी प्रतिनिधी सभा सदस्यकालागि कांग्रेसबाट उमेद्वार बन्दैछन् । उनी पार्टिको केन्द्रिय सदस्य पनि हुन् । गिरी २०७० सालको निर्वाचनमा साविक क्षेत्र नम्बर ५ बाट अत्यधिक मतले विजयी भएका थिए ।

उनको पश्चीम क्षेत्रमा विकासप्रेमी नेताको रुपमा लोकप्रीय छन् । उनी सिचाई मन्त्री भएको समयमा दाङमा सिचाईको क्षेत्रमा धेरै योजना ल्याएका थिए । थारु समुदायका अगुवा डिल्ली चौधरी यस पटक प्रदेश नम्बर ५ को मुख्य मन्त्री बन्नकालागि प्रदेश सभामा प्रतिस्पर्धामा छन् ।

वहालवाला श्रम तथा रोजगार राज्यमन्त्री चौधरी सामाजिक कार्यका माध्यमबाट लोकप्रीय नेताको रुपमा यस क्षेत्रमा स्थापीत छन् । निवर्तमान सांसद चौधरी क्षेत्र नम्बर ३ को (क) बाट प्रदेश सभा सदस्यको उमेद्वार बन्दैछन् ।

क्षेत्र नम्बर ३ को (ख)बाट निवर्तमान सांसद वुद्धिराम भण्डारी प्रदेश सभा सदस्यकालागि कांग्रेसबाट उमेद्वार बन्दैछन् । शालिन नेताको रुपमा परिचय बनाएका भण्डारीले तुलसीपुर एवं पश्चीम क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।

यसैबीच आज विहीवार हुने उमेद्वारी मनोनयन दर्तालाई भव्य बनाउनकालागि कांग्रेसले तयारी गरेको छ । जिल्लाभरबाट हजारौको सहभागितामा उमेद्वारी मनोनयन दर्ता गर्ने तयारी रहेको कांग्रेसका जिल्ला सचिव शंकर डाँगीले जानकारी दिए ।

दिउसो १ बजे पार्टि कार्यालयमा जम्मा भएर ¥याली सहित उमेद्वारी दर्तामा सहभागी हुने डाँगीले बताएका छन् । साथै उनले १ बजे पार्टि कार्यालयमा उपस्थित हुन पार्टिका नेता कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, जिल्ला, क्षेत्र, नगर, गाँउ, वडा समिति, भातृ संघसंगठन, सुवेच्छुक संघस.स्था लगायत शुभचिन्तकहरुमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*