दाङ, १४ कार्तिक ।
दाङ क्षेत्र नं २ क का उम्मेद्वा राजु खनाल घोराही उप महानगरपालिकाका विभिन्न वडामा मतदाता भेटघाट गरेका छन् । भेटघाटमा पुगेका खनाललाई मतदाताहरुले टीका माला लगाएर टोलटोलमा स्वागत गरेका थिए । सोमवार घोराही उप महानगरपालिका वडा नं १४ र १७ का विभिन्न टोलमा पुगेर मतदाताहरु संग भेटघाट गरेका हुन । उनले घोराही १४ को मिलन चोक, घोराही १७ को गुलहरीयाको नमुना टोल, जगटी टोल, मयुर टोल, भैसाही, धोव्य लगाएतका स्थानमा पुगेर मतदाताहरु संग भेटघाट गरेका हुन । भेटघाटमा पुगेका पुगेका खनाललाइ मतदाताहरुले स्वागत गरेका थिए । भेटघाट संगै मतदाताहरुका गुनासाहरु समेत सुनेका थिए । समस्याको बारेमा जानकारी लिदै उम्मेदवार खनालले आफुले आफनो क्षेत्र वाट समस्या समाधान गर्ने बताएका थिए । आफु सधै जनताको साथमा रहेको बताए । ‘म हिजो पनि साथमा थिए भोली पनि हुने छु’ खनालले भने । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी वनाउन समेत उनले आग्रह गरेका थिए । विपक्षीहरुले गठवन्धन वलियो देखेर विभिन्न भ्रम फैलाउने गरेको भन्दै सचेत बन्न समेत आग्रह गरे । आफ्नो क्षेत्रको विकासका र नागरिकलाइ अधिकार प्रदान गर्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । देशलाई अशान्ति वाट बचाउनका लागि गठवन्धन गरेर अगाडि वढेको समेत स्पष्ट पारे । अहिलेको गठवन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनको लागि काम गर्ने उनको भनाइ रहेको छ ।
RaptiSandesh RaptiSandesh