घोारही, १३ साउन
शिक्षक दरबन्दी मिलान प्रक्रिया सम्वन्धि सुचना टाँसेर अघि बढेको कार्यप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ ।
संघले आज बिज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो । जारी गरिएको बिज्ञप्तीमा जिल्ला शिक्षा कार्यालय दाङले यहि साउन १० गते त्रुटिपुर्ण तथ्य राखि शिक्षक माहासंघको तथ्य विना र वैज्ञानिक मापदन्ड निर्धारण नै नगरी शिक्षक दरबन्दी मिलान प्रक्रिया अगाडि बढाएको कुराप्रति आपत्ती जनाएको उल्लेख गरिएको छ । साथै अर्को व्यवस्था नभए सम्म सम्बन्धित शिक्षकहरुलाई शिक्षक दरबन्दी मिलान प्रक्रियामा सहभागि नहुन पनि बिज्ञप्ती मार्फत नै जानकारी गराएको नेपाल शिक्षक महासंघका अध्यक्ष अमर बहादुर खड्का तथा नेपाल शिक्षक महासंघका सचिव मिनराज शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबिच
नेपाल राहत शिक्षक जिल्ला कार्यसमिती दाङले ३ बुदे माग सहित हिजो जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । राहत शिक्षक जिल्ला कार्यसमिती दाङका अध्यक्ष डिल्लीराज डिसी, आन्दोलन परिचालन कमिटी संयोजक बिष्णु खत्री, जिल्ला सचिब लिलाधर विश्वकर्मा को नेतृत्वमा गएको ४० जनाको टोलीले ज्ञापन पत्र बुझाएको हो । हालै गरीएको दरबन्दी मिलानमा पनि राहत शिक्षकहरुको ब्यापक सरुवा गरेकाले सरुवा प्रक्रिया खारेज गरी नयाँ तरीका बाट दरबन्दी मिलान गरीनु पर्ने माग गर्दैे ज्ञापन पत्र बुझाईएको हो ।
ज्ञापनपत्र बुझ्दै निमित्त जिल्ला शिक्षा अधिकारी देबमनी चौधरीले जिल्ला शिक्षा अधिकारी रमेश मैनाली जिल्ला बाहिर गएको र उहा आएपछि बिस्तृत छलफल गरी समस्याको समाधान गरीने बताउनुभएको थियो । यता समितीले भने यदी आफ्नो मागको बेवास्ता गरेमा १८ गते देखी कडा आन्दोलनमा जाने समितीका जिल्ला सचिव लिलाधर विश्वकर्माले जानकारी दिनुभयो ।
RaptiSandesh RaptiSandesh