Home / Feature Breaking news / प्रेस काउन्सीलद्वारा पत्रकार महासंघ दाङलाई आचारसंहिता बाेर्ड प्रदान

प्रेस काउन्सीलद्वारा पत्रकार महासंघ दाङलाई आचारसंहिता बाेर्ड प्रदान

घाेराही, २१ चैत
प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बाेर्ड प्रदान गरेकाे छ । काउन्सीलले साेमवार पत्रकार महसंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बाेर्ड र काउन्सीलले प्रकाशन गरेकाे पुस्तकहरू प्रदान गरेकाे हाे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पाेख्रेलकाे उपस्थितिमा प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्ताेष सुवेदी र सचिव आर.के.शीतललाई पत्रकार र सञ्चारमाध्यमले देहायअनुसार कार्य गर्नुहुदैन लेखीएकाे बाेर्ड र पत्रकार आचारसंहिता, संहिता र शैली पुस्तकहरू प्रदान गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पाेख्रेलले पछिल्लाे समय नागरिक समाजबाट पत्रकारितामाथी विभिन्न प्रश्नहरू उठीरहेकाले आचारसंहिता पालना गरेर पत्रकारिता गर्नअनुराेध गर्नुभयाे । उहाँले निर्वाचन नजिकिरहेकाले निर्वाचनकाे समयमा आचारसंहिता पालना गर्न विशेष सजग रहनुपर्ने पनि बताउनुभयाे । प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सीलले पत्रकारहरूलाई आचारसंहिता बारे सचेत बनाउने भएकाले हरेक पत्रकार महासंघ, जिल्लाका सञ्चारमाध्यम र पत्रकारहरूका हातहातमा पुर्याउने बताउनुभयाे । जुन अभियान अन्तरगत काठमाडाैँ उपत्यका बाहिर पहिलाे पटक पत्रकार महासंघ दाङ शाखालाई बाेर्ड प्रदान गरिएकाे उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*