दाङ,५ माघ । घोराहीमा सञ्चालन भएको दोश्रो मेयर कप फुटवल प्रतियोगिताको शुनिवार भएका दुई खेलमा घोराही उपमहानगरपालिका वडा नं. १० र वडा नं. ११ बिजयी भएका छन ।
शनिवार भएको दोश्रो खेलमा घोराही उपमहानगरपालिका वडा नं. २ को फुटवल टिमलाई सुन्यका विरुद्ध २ गोलले पराजित गर्दै घोराही उपमहानगरपालका वडा नं. १० बिजयी भएको हो । घोराहीको भरतपुर खेल मैदानमा भएको प्रतियोगितामा वडा नं.१० को फुटवल टिमको जितका लागि आर्यन बस्नेत र बिशाल केसीले १÷१ गोल गरेका थिए । पहिलो हाफमा दुवै टिमवाट गोल हुन नसकेपनि दोश्रो हाफको ६५ औँ मिनेटमा वडा नं. १० का जर्सी नं. ५५ का खेलाडी बिनोद पुनको पासमा जर्सी नं. २२ का खेलाडी आर्यन बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलमा अग्रता बनाएको वडा नं. १० का अर्का जर्सी नं. ७ का खेलाडी बिशाल केसीले ६७ औँ मिनेटमा दोश्रो गोल गर्दै टिमलाई जितको सुनिश्चित गरेका थिए । दुई गोल खाएसँगै दवाफमा परेको वडा नं. २ का खेलाडीहरुले गोल फर्काउन धेरै प्रयास गरेपनि विपक्षी टिमका गोलरक्षकले असफल बनाईदिएका थिए । वडा नं. १० लाई बिजयी बनाउन डिफेन्स भुवन वलीले उत्कृष्ठ बचाउ गरेका थिए ।
उक्त खेलमा वडा नं. १०का खेलाडी आर्यन बस्नेत म्यान अफ दि म्याच घोषित भएका थिए । शनिवार भएको प्रतियोगिताको पहिलो खेलमा घोराही उपमहानगरपालिका वडा नं. ११ बिजयी भएको थियो । वडा नं. १ र वडा नं. ११ का बिच भएको खेलमा वडा नं. ११ को जितका लागि खेलाडी अर्जुन बुढा र थानेश्वर डिसीले समान १÷१ गोल गरेका थिए । उक्त खेलमा खेलाडी अर्जुन बुढा म्यान अफ दि म्याच घोषित भएका थिए ।
RaptiSandesh RaptiSandesh