Home / Feature Breaking news / सौरीमा ‘ठाँटीघर’, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा

सौरीमा ‘ठाँटीघर’, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा

दाङ, २१ चैत । थारु जातिको मौलिक कला र संस्कृतिको संरक्षणसँगै बजार प्रवद्र्धन गर्ने उद्देश्यले घोराही उपमहानगरपालिका–८ सौरीमा ‘ठाँटीघर’को शिलान्यास गरिएको छ । प्रदेश सरकारको थारु सांस्कृतिक खुल्ला संग्रहालय तथा सांस्कृतिक ग्राम आयोजनाअन्तर्गत जिल्लाका सौरी, जलौरा, अमराई र सिसहनिया गाउँलाई समेटिएको छ ।

घोराही उपमहानगरपालिका–८ सौरीमा ठाँटीघरको शिलान्यास लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गरे । आइतवार सो ठाँटीघर शिलान्यास गर्दै मन्त्री चौधरीले दाङको विकासका लागि थारु सांस्कृतिक खुल्ला संग्रहालय तथा सांस्कृतिक ग्रामले समेट्ने गाउँहरु पर्यटन विकासका लागि नमूना गाउँ बन्ने बताए । उनले आयोजनाले थारु जातिको लोपोन्मुख अवस्थामा रहेको कला संस्कृति र रहन–सहनलाई रोजगारसँग जोडेर अघि बढाउने बताए ।

‘थारु समुदायको कला, संस्कृति र रहन–सहनको संरक्षणसँगै आयआर्जनसँग जोडेर विकास गर्नेछ’, मन्त्री चौधरीले भने– ‘जसले कला संस्कृतिको संरक्षणसँगै आयआर्जनमा सहयोग मिल्नेछ ।’ उनले यस्तो दाङ, बाँके र बर्दियामा पर्यटन विकासका लागि थारु सांस्कृतिक खुल्ला संग्रहालय तथा सांस्कृतिक ग्राम निर्माणको काम अघि बढेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले कार्यक्रमले थारु जातिको कला संस्कृतिको संरक्षणसँगै आयआर्जनमा सहयोग पु¥याउने बताएका थिए । उनले पछिल्लो समय कला तथा संस्कृतिको खोजीसँगै संरक्षणमा राज्यले ध्यान दिन थालेको भन्दै यसले कला संस्कृति संरक्षण र विकाससँगै आर्थिक आम्दानीको स्रोतसमेत बन्ने विश्वास व्यक्त गरे । यो थारु समुदायको खुशीको कुरा रहेको भन्दै थारु समुदायको कला संस्कृतिको विकासका लागि सहयोग गर्ने बताए ।

नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य भूपमबहादुर डाँगीले थारु बाहुल्यता भएको क्षेत्रमा बन्न थालेको थारु खुल्ला सांस्कृतिक संग्रहालयले थारु जातिको कला संस्कृतिको संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पु¥याउने बताए । कार्यक्रममा पूर्व महासमिति सदस्य धनीराम चौधरीलगायतले बोलेका थिए । सौरी टोल विकास समितिका अध्यक्ष शोभाराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालयका श्यामबहादुर अम्गाईले गरेका थिए ।

थारु जातिको कला, संस्कृति र रहन–सहनको संरक्षण गर्दै पर्यटकीय गाउँका रुपमा विकास गर्नका लागि ठाँटीघर, होमस्टे, भूह्यार थानलगायतका विभिन्न संरचनाहरु थारु खुल्ला सांस्कृतिक संग्रहालय तथा सांस्कृतिक ग्रामभित्र निर्माण गरिने पर्यटन डिभिजन कार्यालय बाँके माधव ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार कार्यालयले यस आर्थिक बर्ष ठाँटीघर निर्माणका लागि ५० लाख खर्च गर्नेछ ।

आगामी तीन बर्षभित्र सबै संरचना निर्माण गरिसक्ने गरी काम अघि बढाइएको आयोजनामा करिब ७ करोड बढी बजेट बिनियोजन गरिएको कार्यालय प्रमुख ज्ञवालीले बताए । प्रदेश सरकारले दाङ, बाँके र बर्दियालाई समेटेर थारु सांस्कृतिक खुल्ला संग्रहालय तथा सांस्कृतिक ग्राम, रोल्पामा मगर संग्रहालय तथा सांस्कृतिक ग्राम, प्युठान र पूर्वी रुकुममा खस आर्य सांस्कृतिक संग्रहालय तथा सांस्कृतिक ग्राम, तराईमा विविध सांस्कृतिक संग्रहालय तथा मधेशमा मधेश सांस्कृतिक संग्रहालय तथा सांस्कृतिक ग्राम निर्माण गर्न थालिएको बताए । योजनाअन्तर्गत तीन बर्षको अवधिमा ३० करोड बजेटको स्टिमेड गरिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*