Home / Feature Breaking news / नारायणपुर उवासंघमा अध्यक्षमा महेन्द्र दाहाल सहित प्रजातान्त्रिक प्यानल विजयी

नारायणपुर उवासंघमा अध्यक्षमा महेन्द्र दाहाल सहित प्रजातान्त्रिक प्यानल विजयी

दाङ, १ असोज
नारायणपुृर उद्योग वाणिज्य संघको अध्यक्षमा महेन्द्र दाहाल निर्वाचित भएका छन् । हिजो शनिवार भएको निर्वाचनबाट उनी अत्यधिक मतले विजयी भएका हुन् । निर्वाचन मण्डलले शनिवार राति १० बजे मतपरिणाम सार्वजनिक गरेको हो ।
त्यसैगरी दाहाल सहित सहित सम्पूर्ण कार्यसमिति पदाधिकारी एवं सदस्य प्रजातान्त्रिक प्यानलबाट विजयी भएका छन्् । विजय घोषणा संगै नारायणपुरमा उत्सव जुलुस समेत प्रदर्शन गरीएको थियो ।
अध्यक्षमा महेन्द्र कुमार दाहालले २ सय ९१ मत ल्याएर विजयी भएका छन्् भने उनका प्रतिस्पर्धी दोर्णबहादुर केसीले १ सय ४१ मत लिएका थिए ।
उद्योग उपाध्यक्षमा अभियान बस्नेत २ सय ८२ मत लिएका विजयी भएका छन् भने प्रतिस्पर्धी कुलराज खनालले १ सय ५० मत लिएका थिए । त्यसैगरी बाणिज्य उपाध्यध्यमा तिलकराम पौडेल २ सय ६४ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धि महराले १ सय ६४ मत ल्याएका थिए ।
महासचिवमा दिवककुमार सुवेदीले २ सय ९३ मत लिएर विजयी हुनुभएको छ भने प्रतिस्पर्धि टिकादक्त खनाल (सागर) ले १ सय २५ मत ल्याउनुभएको छ । त्यस्तै सचिवमा तिलक रोकाले २ सय २८ मत लिएर विजयी हुनुभएको छ भने प्रतिस्पर्धि शिव श्रेष्ठले १ सय ९० मत लिएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा बसन्त न्यौपानेको २ सय ६९ मत ल्याएका विजयी हुनुभएको छ भने प्रतिद्धन्दी निमलाल खनालले १ सय ५१ मत ल्याएका थिए ।
त्यसैगरी सदस्हरुमा निम कुमार चौधरी(२३४), धर्म वहादुर केसी(२११), अनिल कुमार बस्नेत(२९४), सनतकुमार आचार्य (२७५), मोहन वहादुर न्पौपाने (२१०) त्यसैगरी महिला सदस्यमा रेखा खनाल २ सय १९ मत ल्याएर विजयी भएको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिनुभयो ।
नारायणपुर उद्योग वाणिज्य संघमा ४ सय ५८ मतदाता रहेकोमा ४ सय ४० मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*