Home / Feature Breaking news / सडकपेटीमा सामान नराख्न व्यवसायीलाई सचेत बनाउदै घोराही १५ वडा कार्यालय

सडकपेटीमा सामान नराख्न व्यवसायीलाई सचेत बनाउदै घोराही १५ वडा कार्यालय

घोराही, २६ असार

घोराही बजार क्षेत्रमा बर्षाको समयमा नाला बन्द भएर हुने डुबानको समस्या समाधानकालागी नाला सफाई अभियानमा लागेको घोराही उपमहानगरपालिका वडा नम्बर १५ ले सडकपेटीमा हुने व्यापारिक सामाग्री हटाउन सुरु गरेको छ ।

व्यवसायीहरुले सडकपेटीमा सामाग्री राखेर व्यापार गर्ने र जसका कारण पैदल यात्रुहरुलाई आवतजावतमा समस्या हुने गरेकाले सडकपेटीमा सामाग्रीहरु हटाउन सुरु गरिएको वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले जानकारी दिनुभयो । आज मंगलवारदेखी व्यवसायीहरुलाई सडकपेटीमा राखीएका सामाग्रीहरु हटाउन अनुरोध गरेको उहाँले बताउनुभयो । नगर प्रहरीको सहयोगमा सडकपेटी खाली गर्न सुरु गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।

मंगलवार बिहान सहिद गेटदेखी नेपाल बैंक र नेपाल बैंकदेखी साई मन्दिरसम्मको बैंक रोडमा रहेका पसलहरुका सडकपेटी खाली बनाउने काम गरिएको बुढाथोकीले जानकारी दिनुभयो । सडकपेटी खाली गर्ने काममा केही व्यवसायीहरुले अटेरी गर्ने गरेको भन्दै सम्पूर्ण व्यवसायीहरु सचेत भएर यस अभियानमा सहयोग गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

सडकमा व्यवसायीहरुले सामाग्रीहरु राख्दा पैदलयात्रुहरुलाई आवतजावतमा समस्या हुने र बजारको शोभा नै बिग्रने गरेको पैदल यात्रुहरुको भनाई छ ।

वडा कार्यालयले सोमवार एक सुचना जारी गर्दै सडकपेटी, फुटपाथ र सडकमा निर्माण सामाग्री राखेर यात्रुहरुलाई आवागमनमा समस्या भएकाले सो सामाग्री ७ भित्रमा व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*