Home / Feature Breaking news / बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थल २ दिनदेखि अवरुद्ध
फाईल तस्वीर

बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थल २ दिनदेखि अवरुद्ध

नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

हवाइ उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७ /८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको  हो । उडान अवरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आसमा विमानस्थलमै बसिरहेका छन् ।

दुई दिनदेखि  उडान अवरुद्ध हुँदा करिब एक हजार यात्रु नेपालगञ्जमा रोकिएका छन । उपचारका लागि काठमाडौं जाने यात्रु अझ बढी समस्यामा परेका छन् ।

नेपालगञ्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यति एयरको १ वटा उडान हुँदै आएको छ । नेपाल एयर लायन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगञ्जबाट  उडान भर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*