नेपाली कांग्रेस कार्यसमितिको निर्णयअनुसार समुदायमा कांग्रेस अभियानका लागि नेताहरुलाई जिल्ला जिल्लामा खटाइएको कांग्रेसले जनाएको छ ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोेकेका पदाधिकारी पनि सहभागी हुनेछन् । माघ १६ गतेदेखि २६ गतेसम्म टोली जिल्ला जिल्लामा रहनेछ ।
माघ १४, २०८०
`समुदायमा कांग्रेस´ अभियान,
फरक टोली फरक जिल्लामा जाँदै
नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको समुदायमा कांग्रेस अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसक्नु भएको सबैलाई विदित नै छ l अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न निम्न बमोजिम फरक-फरक टोली
खटिदैछ ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक रहनु हुनेछ l तोकिएका जिल्लाहरुमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ l टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ l
कोशी प्रदेश
१) डा शेखर कोइराला – झापा र सुनसरी l
२) डा नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा l
३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर l
मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा l वागमतीको
सिन्धुली र मकवानपुर l
२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही l वागमतीको धादिङ र
चितवन l
वागमती प्रदेश
१) डा मिनेन्द्र रिजाल- काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा l
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा l
गण्डकी प्रदेश
१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर l
२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ l
लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा l
२) डा डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी l
कर्णाली प्रदेश
१) डा शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत l
सुदुरपश्चिम् प्रदेश
१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र
कंचनपुर l
नोट : केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन l
जय नेपाल ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव