Home / Feature Breaking news / प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (२) मा गठबन्धनको बृहत भेला, अगुवा नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागीता

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (२) मा गठबन्धनको बृहत भेला, अगुवा नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागीता

घोराही, २० कार्तिक

मंसीर ४ गते हुने निर्वाचनलाई लक्षीत गरि प्रदेश सभा क्षेत्र नम्बर २ (२) को बृहत कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । प्रदेश सभा क्षेत्र नम्बर २ (२) को आयोजनामा बृहत भेला नारायणपुरमा सम्पन्न भएको हो । निर्वाचनकालागी प्रदेश क्षेत्र नम्बर २ का गठबन्धनका अगुवा नेता कार्यकर्ताको बृहत भेला घोराही १० मा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश सभाका गठबन्धनका सम्पूर्ण अगुवा नेता कार्यकर्ताको बाक्ला उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष एवं निवर्तमान सभामुख कृष्णबहादुर महरा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, कृष्णकिशोर घिमीरे, एकीकृत नेकपा समाजवादीका केन्द्रिय सचिव भागवत विश्वासी लगायत शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ (२) का संयुक्त निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर २ (२) का सभापति अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अगुवा नेता कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण नेकपा माओवादी केन्द्रका नेता मिलन डाँगीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*