Home / Feature Breaking news / समाज रूपान्तरणमा साहित्यकारकाे भूमिका महत्त्वपूर्ण : पूर्वमन्त्री शर्मा

समाज रूपान्तरणमा साहित्यकारकाे भूमिका महत्त्वपूर्ण : पूर्वमन्त्री शर्मा

घाेराही, १९ कार्तिक ।

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले समाज रूपान्तरणमा साहित्यकारहरूकाे भूमिका महत्त्वपूर्ण भएकाे बताउनुभएको छ । साहित्यकार तथा लेखकहरूसँगकाे भेटघाटका क्रममा उहाँले हरेक राजनीतिक आन्दाेलनमा साहित्यकारहरूले विशिष्ट याेगदान पुर्याएकाे बताउनुभयाे ।

‘समाज रूपान्तरणका लागि हामी राजनीतिक दलहरू र साहित्यकार तथा लेखकहरू साथसाथै छाैं,’ उहाँले भन्नुभयाे, ‘साहित्य समाजकाे प्रतिविम्ब हाे, साहित्यकार तथा लेखकहरूले सधै समाजमा अग्रगमनको पक्षपोषण गरिरहनुभएकाे छ ।’

लामाे संघर्ष पश्चात् प्राप्त उपलब्धि गुम्ने खतरा बढेकाले फेरि एकपटक साहित्यकार पहलकदमी ल्याएर प्रतिगमनलाई परास्त गर्न लागि गर्नुपर्ने आवश्यकता ओैंल्याउनुभयाे । अहिलेकाे गठबन्धन कुनै सत्ता प्राप्तिका लागि नभएर संविधान र लाेकतन्त्रकाे रक्षाका लागि भएकाे धारणा व्यक्त गर्नुभयाे । ‘याे गठबन्धनले स्थायित्व र समृद्धि ल्याउन जाेड दिने छ,’ शर्माले भन्नुभयाे, ‘याे सामान्य निर्वाचन मात्र नभएर संविधान बचाउने मिसन भएकाले यसमा सबैले साथ दिनुपर्छ ।’

प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्डविक्रम न्याैपानेले यसपटक युवा उम्मेदवारलाई मतदाताकाे साथ रहने बताउनुभयाे । उहाँले आफू केही गर्छु भन्ने भावनाले उम्मेदवार भएकाे उल्लेख गर्दै न्याैपानेले जनताकाे विश्वासलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य ‘विमल’ ले अहिलेकाे निर्वाचन अग्रगमन र प्रतिगमनका बीचकाे लडाइँ भएकाे बताउनुभयाे । उहाँले साहित्यकार सधै परिवर्तन र अग्रगमनको पक्षमा भएकाे समेत बताउनुभयाे । कार्यक्रममा साहित्यकारहरूले विभिन्न सुझाव दिनुभएको थियाे । सहित्यकार केएल पीडितले यश पटक सबै साहित्यकार तथा लेखकहरूले गठबन्धनलाई साथ दिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*