दाङ, २३ भदौ
सधै पहिरणको विषयलाई लिएर विवादमा आउने गायिका ज्योति मगर शनिवार भने फरक ड्रेसमा देखिईन् । मगर पोशाकमा सहिएकी ज्योति घोराहीमा देखिईन् ।
लोक तथा दोहोरी गीत प्रतिष्ठना दाङको आयोजनामा भदौ २२ गतेदेखी सुरु भएको तीज महोत्सवमा उनी गुन्यो चोलीमा देखिईन् ।
उनको प्रवेश हुँदा कार्यक्रम सञ्चालकले उत्साहका साथ भनिरहेका थिए ।
हाम्रो कार्यक्रमकालागि आउनुभएका गायिका एवं मोडल ज्योति मगर महोत्सव स्थलमा प्रवेश गर्दै हुनुहुन्छ भन्दा सबैको अपेक्षा थियो उनी वान पीसमा नै आउछिन् भन्ने तर उयनी गुन्यो, चोली र घलेकमा स्टेच चढिन् ।
एनको प्रस्तुतिमा पनि तीज गीतहरु प्रस्तुत गरिन् । उनको प्रस्तुतिमा दर्शकहरु खुबै रमाए ।
उनले जब पहिलो गीत गाउन सुरु गरेकी थिईन् । पानी बर्षीयो । भदौरे पानीको वास्ता नगरि उनी गीत गाईरहिन्। दर्शकहरु पनि उनीसँगै रमाईरहे ।
छाता हुनेहरु छाता आढेर उनको प्रस्तुतिमा रमाए भने युवाहरु पानीको झरीसँगै भिजेरै उनलाई साथ दिए ।
उनले मौलिक तीज गीत पनि प्रस्तुत गरिन् । उनको प्रस्तुतिमा दर्शकहरु खुबै झुमे । उनले आधा दर्जन बढी गीतहरु प्रस्तुत गरेकी थिईन् ।
ज्योतिले ‘टिपन सकेन खाईन बरिलै, चोरी खान पल्केको ढाडे बिरालो, उही मुलाको सिन्की उही मुलाको चाना, आँखैमा लाएको गाजल राम्रो’ लगायतका गीतहरु प्रस्तुत गरेकी थिईन् ।
२२ गते्बाट सुरु भएको महोत्सव भदौ २८ गतेसम्म सञ्चालन हुने छ ।