Home / समाचार / पद्मोदय मावि घोराही उत्कृष्ट विद्यालय

पद्मोदय मावि घोराही उत्कृष्ट विद्यालय

दाङ, २३ भदौ

शिक्षा दिवसका अवसरमा सरकारले घोराही स्थित पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयलाई उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत गरेको छ ।

काठमाडौँ कमलादीमा शनिवार  आयोजित एक समारोहमा विद्यालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीले जानकारी दिनु भयो ।

नेपाल सरकार सिटिईभिटि ब्यबसायिक तालीम परिषदले नेपाल भरकै सामुदायिक विद्यालय तर्फ प्राविधिक शिक्षा पठनपाठन गराउने उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत गरेको प्रधानाध्यापक डा. डिसीले जानकारी दिनु भयो ।

२००४ सालमा स्थापित यो विद्यालयले अहिले आँफूलाई बहुप्राविधीक विद्यालयको रुपमा स्थापित गरि पठनपाठन सञ्चालन गरिरहेको छ । यसै शैक्षिक सत्र देखि विद्यालयले अटो मोवाईल ईन्जिनीयरिङ विषयको तीन बर्षे पठनपाठन सञ्चालन गरेको पपनि प्रधानाध्यापक डिसीले जानकारी दिनु भयो ।

नेपाल सरकारबाट प्राप्त पुरस्कारले गर्वानुभुती संगै विद्यालयलाई राष्ट्रिय स्तरमै स्थापित गर्नका लागि थप मेहनत गर्नु पर्ने दायित्व बोध गराएको प्रधानाध्यापक डिसीले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*