Home / मनोरञ्जन / जसले ठुलो माछा दिन्छ, उसैसँग यौन सम्पर्क

जसले ठुलो माछा दिन्छ, उसैसँग यौन सम्पर्क

यौन सम्पर्क दुनियाँको सबैभन्दा प्राचीन र सार्वभौमिक चलन हो । तर संसारका विभिन्न देशमा सेक्सका तरिकाहरुमा निकै विविधता छ ।

बीबीसीको एक कार्यक्रम क्रसिंग कन्टिनेन्टले यस विषयमा शोध गरेको थियो । त्यसक्रममा यौन सम्बन्ध कायम गर्नका लागि के–के सम्म गरिन्छ भन्ने रोचक तथ्यहरुको खुलासा गर्यो । यौन तथा प्रजनन सम्बन्धी विश्वका केही रोचक ९ तथ्यहरु यस्ता छन्ः

१. अमेरिकाको हवाई टापुका आदिवासीहरुले आफ्नो जिउका गोप्य अंगहरुको नामाकरण गर्दछन् । गोप्य अंगका नामहरु निकै रोचक तथा कर्णप्रिय राखिएको हुन्छ । घरानिया परिवारदेखि सर्वसाधारणसम्मले आफ्नो निजी अंगका बारेमा गीत समेत लेख्दछन् । जसमा आफ्ना यौनांगहरुका बारेमा वर्णन गरिएको हुन्छ । लिली युकुलानी नामकी रानीले आफ्नो योनीको नाम फ्रिस्की राखेकी थिइन् ।

२. जापानमा शिशुको जन्मदरमा गिरावट मात्र आएको छैन, यौन सम्पर्कका बेला कण्डमको प्रयोग पनि घट्दै गएको छ । गर्भनिरोधक औषधि, गर्भपतन तथा यौन रोगसम्बन्धी समस्याहरुमा पनि कमी आएको छ । यति मात्र कहाँ हो र ? जापानीहरु यौन सम्पर्क पनि कम गरिरहेका छन् । यौन सम्पर्क नै नगर्ने विवाहित जोडीहरुको दर पनि बढिरहेको छ । एक तिहाई पुरुषहरुले कामको थकानका कारण सेक्स गर्दैनन् । जबकि एक चौथाई महिलाहरुले सेक्सका क्रममा दुखाइ हुने गरेको गुनासो गर्दछन् । एक अध्ययनका अनुसार जापानमा १८ देखि ३४ वर्षका मानिसमा कुमारित्वको दर निकै बढिरहेको छ ।

३. दक्षिण कोरियामा महिलाको प्रजननदर औषतमा १.०५ रहेको छ । जबकि देशको जनसंख्या कायम राख्नका लागि प्रतिमहिला प्रजननदर २.१० हुनु पर्दछ । सरकारले महिलाहरुलाई धेरै भन्दा धेरै बच्चा जन्माउनका लागि प्रेरित गरिरहेको छ । यसका लागि एक दशकमा करोडौँ डलर खर्च गरिसकेको छ । तर जन्मदरमा भने गिरावट आइरहेको छ । महंगी, कामको बढ्दो चाप आदि कारणले दम्पत्तिहरुले बच्चा जन्माउन चाहँदैनन् ।

४. रुसको एउटा क्षेत्रमा जनसंख्या बढाउने नयाँ तरिका अपनाइएको छ । उल्यानोवस्क प्रान्तका गभर्नरले १२ सेप्टेम्बरलाई आधिकारिक रुपमा गर्भाधारण दिवस घोषित गरेका छन् । त्यसदिन सार्वजनिक बिदा दिइन्छ ताकि कामकाजी मानिसहरु घरमै बसून् र सेक्स गरुन् । जन्मदर बढाउनका लागि यो सरकारी प्रयासको एउटा हिस्सा हो । जो दम्पत्तिले उक्त दिवसको ९ महिनाभित्रमा बच्चा जन्माउँछन् उनीहरुलाई क्यामरा, फ्रिज तथा वाशिंग मेसिनजस्ता पुरस्कार पनि दिइन्छ ।

५. मध्य ब्राजिलको एउटा सानो गाउँ मेहिनाकूमा केटी फकाउनका लागि केटाहरुले अनौठो उपाय अपनाउँछन् । महिलालाई यौन सम्बन्धका लागि फकाउन माछाको प्रयोग गरिन्छ । जो पुरुषले सबैभन्दा ठूलो माछा पक्रेर ल्याउँछ, उसले रोजेको केटी पाउँछ । त्यहाँ माछा समाउने प्रतियोगिता नै हुन्छ ।

६. अष्ट्रियाको एक ग्रामीण इलाकामा महिलाहरुले आफ्नो गोजीमा स्याउको टुक्रा राखेर परम्परागत नृत्य गर्दछन् । नृत्यपश्चात् महिलाहरु आफ्नो मनपर्ने पुरुषलाई उक्त स्याउको टुक्रा खान दिन्छन् । यदि पुरुषलाई पनि महिला मन परेको भए त्यसरी दिएको स्याउको टुक्रा खान्छ र उनीहरुबीच सम्बन्ध कायम हुन्छ ।

७.कोलम्बियामा बस्ने एउटा समुदायमा नृत्य गर्ने ठाउँमा कमजोर हुनुले कतिपय पुरुषलाई सेक्सको मौका प्रदान गर्दछ । गुआजिरो समुदयामा एक विशेष नृत्यको आयोजना गरिन्छ । त्यहाँ नृत्यको क्रममा यदि कुनै महिलाले कुनै पुरुषलाई लडाउन सकेमा ती दुईबीच यौन सम्बन्ध राख्ने चलन छ ।

८. स्पाइस ट्राभल्स नामक एक कम्पनीले गरेको शोध अनुसार डेनमार्कका मानिसहरु छुट्टी मनाइरहेको बेला सबैभन्दा धेरै सेक्स गर्दछन् । विदा मनाइरहेको बेला उनीहरु ४६ प्रतिशत बढि दरमा सेक्स गर्दछन् । डेनमार्कमा जन्मिने १० प्रतिशत शिशुहरुको गर्भाधारण घरबाहिर अर्थात् बाउआमा विदा मनाउन गएको बेलामा हुन्छ । उक्त कम्पनीले तीन वर्षअघि एउटा अफर सार्वजनिक गर्दै घरबाहिर गर्भाधारणबाट बच्चा जन्माउने अभिभावकहरुलाई तीन वर्षसम्म बच्चासँग सम्बन्धित उत्पादनहरु निःशुल्क दिने घोषणा गरेको थियो ।

९. कण्डम निर्माता कम्पनी ड्युरेक्सका अनुसार ग्रीसका मानिसहरु विश्वमा सबैभन्दा धेरै सेक्स गर्ने मानिसहरु हुन् ।

२६ देशका ३० हजार मानिसमा गरिएको अध्ययनले ग्रीसबासीहरु वर्षमा औषतमा १६४ पटक सेक्स गर्ने गरेको देखाएको थियो ।

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*