Home / Feature Breaking news / कांग्रेस दाङको जिल्ला सम्मेलन चैत २६ गते हुँदै, सम्मेलनको सम्बोधन महामन्त्री गगन थापाले गर्ने
फाईल फोटो

कांग्रेस दाङको जिल्ला सम्मेलन चैत २६ गते हुँदै, सम्मेलनको सम्बोधन महामन्त्री गगन थापाले गर्ने

घोराही २४ चैत्र ।

पार्टिको स्थापना दिवस साता व्यापि रुपमा मनाउन थालेको नेपाली काग्रेस दाङले आगामी २६ गते आइतबार घोराहीमा जिल्ला सम्मेलन गर्ने भएको छ । पार्टिका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा आइतबार विहान १० बजेदेखि घोराहीको सभागृहमा जिल्ला सम्मेलन गर्न थालिएको नेपाली काग्रेस दाङका सभापती शंकर प्रसाद डाँगीले बताउनु भयो । जिल्ला सम्मेलनमा दाङ जिल्लाका एक सय वटै वडाका वडा कार्यसमिति, पालिका कार्यसमिति, प्रदेश र प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति, क्षेत्रिय प्रतिनिधि, महाधिबेशन तथा महासमिति सदस्य, भातृ तथा शुभेच्छुक सँघ सँगठन लगायतको सहभागिता रहने नेपाली काग्रेस दाङले जनाएको छ ।

नेपाली काग्रेस दाङले जिल्लाका एक सय वडा मध्ये ८० प्रतिसत भन्दा बढि वडाको वडा सम्मेलन, दशवटै पालिका सहित प्रदेश तथा संघ निर्वाचन क्षेत्रका क्षेत्रिय सम्मेलन सम्पन्न भैसकेको जनाएको छ ।

पार्टिको जिल्ला कार्य समितिले तय गरेको कार्यतालिका अनुसार विभिन्न तहको सम्मेलन सम्पन्न भएपछि जिल्ला सम्मेलन भव्यताका साथ अयोजना गर्न लागिएको सचिव अजुर्न कुमार योगीले बताउनु भयो । सम्मेलनमा पार्टिका गतिविधिको समिक्षा गर्नुका साथै पार्टिले आगामी दिनमा चाल्नु पर्ने कदम र रणनिति तय गरिने सभापती शंकर प्रसाद डाँगीले बताउनु भयो । विधानमा भएको व्यवस्था अनुसार पहिलो पटक पार्टिका तहगत संरचनाको सम्मेलन भैरहेको नेपाली काग्रेस दाङले जनाएको छ ।

पार्टिका विभिन्न तहमा रहेर विधान अनुसारको जिम्मेवारी वहन गरेका सकृय सदस्य देखी नेतृत्व तहमा रहेका तथा भातृ देखी शुभेच्छुक सँगठनलाई आ आफ्नो जिम्मेवारी पुरा गर्न सचेत गराउने, पार्टिको निति र विधि पालना गर्न अग्रसर गराउने, पार्टिका गतिविधिमा थप कृयाशिल बनाउन यस्ता सम्मेलन महत्वपूर्ण हुने भएकाले अनिवार्य सम्मेलन गर्न भनिएको पार्टि सभापती डाँगीले बताउनु भयो । जिल्ला सम्मेलनलाई पार्टि महामन्त्री गगन थापाले सम्बोधन गर्नुहुने भएकाले कार्यक्रममा सहभागि हुन सभापती डाँगीले सबैलाई आग्रह गर्नुभएको छ ।

यसैबिच नेपाली काग्रेस दाङले सप्ताहव्यापि रुपमा मनाईरहेको पार्टिको स्थापना दिवसको कार्यक्रम अन्र्तगत जिल्ला सम्मेलनमा विभिन्न व्यक्तिलाई सम्मान गर्न लागेको सचिव अर्जुन कुमार योगीले बताउनु भयो । २६ गते हुने कार्यक्रममा नेपाली काग्रेस दाङको पार्टि सँस्थापक ११ सदस्यीय कार्यसमिति ( पण्डीत टेकनाथ गौतम नेतृत्वको स्थायी कार्यकारीणी समिति), २००७ साल अघिका राणा शासन विरुद्धकोे क्रान्तीमा योगदान पु¥याएका स्वतन्त्रता शेनानीलाई मरणोपरान्त सम्मान, २००७ सालदेखी २०३६ सम्मका आन्दोलनमा सकृय भई पार्टि सँगठन र समृद्ध समाज निर्माणमा भूमिका खेलेका प्रजातन्त्र सेनानीलाई मरणोपरान्त सम्मान, २००७ देखी २०३६ साल सम्म पार्टिमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई प्रजातन्त्र शेनानी सम्मान, नेपाली काग्रेसप्रति आस्था र विचार बोकैकै कारण माओवादीको शसस्त्र द्धन्द्धका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिलाई सम्मान लगायतका सम्मान कार्यक्रम गरिने योगीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*