Home / Feature Breaking news / घोराहीबाट तुलसीपुर जादै गरेको बस दुर्घटना, १८ जना घाइते

घोराहीबाट तुलसीपुर जादै गरेको बस दुर्घटना, १८ जना घाइते

दाङ,२० भदौ । घोराही–तुलसीपुर सडक खण्डको सर्रामा बस दुर्घटना भएको छ । घोराहीबाट तुलसीपुर जादै गरेको ग १ ख ४८५९ नम्वरको बस घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रामा दुर्घटनामा परेको हो ।

तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना हुदाँ बसमा सवार १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाईतेहरु भएकाहरुको घोराहीमा रहेको राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

बसमा ३० देखि ४० जनासम्म यात्रुहरु रहेकामा अन्य सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको परिचय खुल्न सकेको छैन । दुर्घटना पश्चात चालक फरार रहेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*