Home / Feature Breaking news / दोस्रो तरुण कप फुटबल प्रतियोगिता हुने

दोस्रो तरुण कप फुटबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत
तुलसीपुर,१४ भदौ । दाङको तुलसीपुरमा दोस्रो तरुण कप फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । तरुण दल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा संचालन गरिन लागेको जिल्ला स्तरिय फुटबल प्रतियोगिता आउदो असोज १० गतेदेखि सुरु हुुनेछ ।

स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहने आयोजक तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिलबाबु डाँगीले जानकारी दिएका छन ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ६६ हजार ६ सय ६६, पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ३३ हजार ३ सय ३३, मेडल, प्रमाणपत्र हात पार्नेछ भने तृतिय स्थान हात पार्नेले नगद ११ हजार १ सय ११, मेडल प्रमाणपत्र हात पार्ने सभापति डाँगीले जानकारी दिए । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तिगत बिधा तर्फ वेस्ट प्लेयर,वेस्ट डिफेन्स, वेस्ट किप्पर र ब्यस्ट कोच को छनौट पर्नेलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

असोज १६ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैविच आयोजकले प्रतियोगिताको तयारीलाई तिव्र पारेको छ । तयारी स्वरुप आयोजकले प्रतियोगिताको प्रचारप्रसार, जिल्लामा स्थापीत क्लबहरु संगको समन्वय, आर्थिक व्यवस्थापन लगाएतका पक्षमा तिव्रता दिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*