Home / Feature Breaking news / प्रतिष्ठानमा उत्पन्न परिस्थितिलाई वार्ता र संवादवाट मिलाउः रेडक्रस

प्रतिष्ठानमा उत्पन्न परिस्थितिलाई वार्ता र संवादवाट मिलाउः रेडक्रस

बिबेक खड्का
दाङ,१४ भदौ । नेपाल रेडक्रस सोसाइटी घोराही उप–शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सृजना भएको परिस्थितिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उप–शाखा घोराहीका अध्यक्ष थम्मन चौधरी र सचिव इन्द्र वहादुर वुढाथोकीद्धारा जारी संयक्त विज्ञप्तीमा स्वास्थ्य जस्तो गम्भीर विषयमा कुनै पनि पक्षले सेवामा प्रत्यक्ष वाधा पुग्ने गरी कुनै पनि कृयाकलाप नगर्न भन्दै यथाशिघ्र वार्ता र संवादको माध्यमवाट निकास खोज्न अपिल गरिएको छ ।

उप–शाखाले शनिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईमरजेन्सी कक्ष तथा अन्य वार्डहरुको अनुगमन समेत गरेको । यसैविच नेपाल रेडक्रस सोसाइटी घोराही उप–शाखाको शनिवार बसेको वैठकले घोराही उप–महानगरपालिकाका विभिन्न वडाहरुमा गठन भएका विपद व्यवस्थापन समितिहरुमा उपशाखाका पदाधीकारीहरुलाई प्रतिनिधीको रुपमा पठाउने निणर्य गरेको छ ।

उप–शाखा घोराहीका अध्यक्ष थम्मन चौधरीको अध्यक्षतामा आज वसेको वैठकले वडा नम्वर १ मा अर्जुन पन्थी, २ मा कृष्ण प्रसाद रिजाल, ३ मा खगेश्वर पौडेल, ४ मा पदम प्रसाद पौडेल, १३ मा चिरन्जीवि वुढाथोकी र वडा नम्वर १४ मा चित्रकान्त अर्याललाई प्रतिनिधी तोकेको छ । त्यसैगरै वैठकले वडा नम्वर १५ मा निशान्त आचार्य, १६ मा इन्द्र वहादुर वुढाथोकी, १७ मा प्रदीप मजगैया, १८ मा उमा सुवेदी र १९ हरिकला गिरीलाई विपद व्यवस्थापन समितिको प्रतिनिधीको रुपमा पठाउने निणर्य गरेको छ ।

त्यसैगरी वैठकले लैङिगिक समानता तथा सामाजिक समावेशीकरण उपसमितिको संयोजकमा उमा सुवेदीलाइ जिम्मेवारी दिएको छ । वैठकले सावित्रा राना, सुशिला आचार्य, तुलसा केसी, हरीकला गिरीलाई उक्त उपसमितिको सदस्यमा जिम्मेवारी तोकेको छ । साथै इन्द्र वहादुर वुढाथोकी र चिरन्जीवि वुढाथोकीलाई पदेन सदस्यको जिम्मेवारी दिइएको छ ।

रेडक्रस सोसाइटी घोराही उप–शाखाद्धारा गठित स्वास्थ्य तथा रक्त सञ्चार उप–समितिले सडक दुर्घटना न्यूनिकरण सचेतनका लागि घोराही उप–महानगरपालिकाका विभिन्न वडाहरु संग समन्वय गरी तालिम संचालन गर्ने निर्णय गरेको छ । उप–समितिका संयोजक प्रदिप मजगैयाको अध्यक्षतामा वसेको वैठकले दिनानु दिन सडक दुर्घटना भैरहेकाले प्राथमिक उपचारको विधि र सचेतिकरणका लागि तालिम सञ्चालन गर्ने निणर्य गरेको हो । साथै वैठकले ब्लड बैङ्क घोराही संग समन्वय गरी आवश्यकता अनुसार नियमित रुपमा रक्ददान गर्ने निणर्य पनि गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*