घोराही, २२ कार्तिक
प्रदेश सभा सदस्यकालागि (क) का उमेद्वार कमल किशोर घिमीरेले लोकतन्त्रलाई स्थायीत्व दिनकालागि नेपाली कांग्रेसलाई विजयी बनाउन मतदातालाई अनुरोध गरेका छन् ।
कर्जाहीमा आयोजना भएको कार्यक्रममा बोल्दै घिमीरेले नेपाली कांग्रेसले जितेमात्र देशमा लोकतन्त्र र प्रजातन्त्र स्थायीत्व हुने बताउनुभयो ।
यो निर्वाचन पार्टीको प्रतिष्ठासँग जोडिएकाले त्यसै अनुसार अगाडि बढ्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
उहाँले नेपाली काग्रेसको जित सुनिश्चित रहेको समेत दावी गर्नुभयो ।
दाङ कांग्रेसको किल्ला भएकाले यसपटकको निर्वाचन पनि कांग्रेसकै पक्षमा भएको उहाँको भनाई छ ।
जिल्लाका पहाडी क्षेत्रमा कांग्रेसले धेरै क्षेत्रमा विकासका पूर्वाधारहरु पु¥याएको घिमीरेले जानकारी दिनुभयो ।