Home / समाचार / विकास र निकासमा कांग्रेसको महत्वपूर्ण भूमीका छः खनाल

विकास र निकासमा कांग्रेसको महत्वपूर्ण भूमीका छः खनाल

घोराही, २२ कार्तिक
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले देशको हरेक विकासदेखी निकाससम्मका काम कांग्रेसको नेतृत्वमा भएको बताउदै अब पनि देशलाई कांग्रेसकै नेतृत्व आवश्यक भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको चुनावी कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका– ७ मा भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै खनालले यस्तो बताउनुभएको हो ।

देशका हरेक ठुलादेखी तल्लो स्तरका विकास कांग्रेसले गरेको उहाँको भनाई छ । देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनेदेखी मधेशमा देखिएको समस्या समाधानसम्म कांग्रेसले नेतृत्वदायी भूमीका खेलेको भन्दै खनालले अब संविधान कार्यान्वयन चुनौतिपूर्ण भएकाले यसको नेतृत्वपनि कांग्रेसले नै गर्न आवश्यक रहेको बताउनुभयो ।

यस क्षेत्रमा आफैलाई मत हाल्न नपाउने टुरिष्ट उमेद्वारहरु कम्यूनिष्ट दलहरुले ल्याएको भन्दै जनता झुक्याउने खेलमा लागेको खनालको भनाई छ ।

साथै उहाँले यस विषयमा सचेत रहन मतदाताहरुलाई अनुरोध गर्नुभयो । आँफूहरु सधै जनताको सेवकको रुपमा रहिरहेको बताउदै खनालले केही नेताहरु जनतालाइ दास सम्झेर टुरिष्टको रुपमा आएको आरोप लगाउनुभयो ।

यस क्षेत्रमा आँफू र अनिता देवकोटा सांसद रहदा हरेक क्षेत्रको विकास गरेको खनालले जानकारी गराउनुभयो ।

सडक सञ्जालदेखी पुल पुलेसो, विद्युत्, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै विकास गरेको भन्दै आगामी दिनमा निर्वाचित भएर गएपछि त्यसलाई निन्तरता दिन सकिने बताउनुभयो ।

कम्यूनिष्ट दलहरुले दाङ राजधानी बनाउछौँ भनेर दंगालीलाई झुक्याउन खोजेको भन्दै खनालले दाङ राजधानी बनाउने विषयलाई कांग्रेसले पहिलो मुद्धाको रुपमा अगाडी ल्याएको उहाँको भनाई छ ।

उहाँले देख्दा मोटोमात्र हुने गाईले दुध नदिनुभन्दा त दुध दिने सानो गाई नै ठिक भन्दै आफूलाई सानो गाईको रुपमा लिन मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*