Home / Feature Breaking news / दाङ कांग्रेसको चुनावी अभियान तीव्रः उमेद्वारहरु गाँउगाँउमा

दाङ कांग्रेसको चुनावी अभियान तीव्रः उमेद्वारहरु गाँउगाँउमा

दाङ, २२ कार्तिक
नेपाली कांग्रेसले दाङमा चुनावी अभियान तीव्र बनाएको छ । जिल्लाका ३ वटै क्षेत्रमा चुनावी कार्यक्रमहरुलाई तीव्र बनाएको कांग्रेस दाङले बताएको छ । उमेद्वारहरु आफ्नो निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रमका साथै कार्यकर्ता भेटघाट सुरु गरेका छन् ।

क्षे नम्बर १ का उमेद्वारहरुले आज वुधवार घोराही उपमहानगरपालिका ५ मा रहेको पाण्डवेश्वर महादेव मन्दिरको दर्शनसँगै पूजापाठ गरेर चुनावी प्रचारलाई सुरु गरेको छ ।

१ नम्बरमा पर्ने यस मन्दिरमा वुधवार विहान पुगेर प्रतिनीधी सभा सदस्यका उदेद्वार सुशीला चौधरी, समानुपातिक उमेद्वार पार्वति डिसी चौधरी, क्षेत्र नम्बर १ को प्रदेश (क) का उमेद्वार प्रदिप थापा र (ख) का उमेद्वार जानकीलाल बस्नेतले मन्दिरमा पूजापाठ गरेर चुनावी प्रचारमा लाग्नुभएको छ ।

उहाँहरुको साथमा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भगवान्सँग जीतको आशीर्वाद लिएर प्रचार सुरु गरिएको प्रतिनीधी सभा सदस्यका उमेद्वार सुशीला चौधरीले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर २ ले पनि चुनावी कार्यक्रमलाई तीव्र बनाएको छ । गाँउगाँउमा पुगेर चुनावी प्रचारप्रसारस्ँगै अगुवा नेता कार्यकर्ता भेटघाट गरिरहेका यस क्षेत्रका उमेद्वारहरुले आज वुधवार पनि गाँउगाँउमा कार्यक्रम गर्न व्यस्त छन् ।

यस क्षेत्रबाट प्रतिनीधी सभा सदस्कया उमेद्वार राजु खनाल, प्रदेश (क) का उमेद्वार कमलकिशोर घिमीरे र प्रदेश (ख) का उमेद्वार भरतबहादुर न्यौपाने सहित समानुपातिक उमेद्वार सावित्रा राना, अर्जुनकुमार श्रेष्ठ, पुष्पा वादी लगायतको टोली चुनावी प्रचारमा व्यस्त रहनुभएको छ ।

यस क्षेत्र अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर ६ को गुरुवागाँउ, वडा नम्बर १७ कर्जाही र वडा नम्बर ७ को सौडियारमा अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले देशको हरेक विकासदेखी निकाससम्मका काम कांग्रेसको नेतृत्वमा भएको बताउदै अब पनि देशलाई कांग्रेसकै नेतृत्व आवश्क भएको बताउनुभयो । देशका हरे ठुलादेखी तल्लो स्तरका विकास कांग्रेसले गरेको उहाँको भनाई छ ।

देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनेदेखी मधेशमा देखिएको समस्या समाधानसम्म कांग्रेसले नेतृत्वदायी भूमीका खेलेको भन्दै खनालले अब संविधान कार्यान्वयन चुनौतिपूर्ण भएकाले यसको नेतृत्वपनि कांग्रेसले नै गर्न आवश्यक रहेको बताउनुभयो ।

यस क्षेत्रमा आफैलाई मत हाल्न नपाउने टुरिष्ट उमेद्वारहरु कम्यूनिष्ट दलहरुले ल्याएको भन्दै जनता झुक्याउने खेलमा लागेको खनालको भनाई छ । साथै उहाँले यस विषयमा सचेत रहन मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

आँफूहरु सधै जनताको सेवकको रुपमा रहिरहेको बताउदै खनालले केही नेताहरु जनतालाइ दास सम्झेर टुरिष्टको रुपमा आएको आरोप लगाउनुभयो ।

यस क्षेत्रमा आँफू र अनिता देवकोटा सांसद रहदा हरेक क्षेत्रको विकास गरेको खनालले जानकारी गराउनुभयो ।

सडक सञ्जालदेखी पुल पुलेसो, विद्युत्, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै विकास गरेको भन्दै आगामी दिनमा निर्वाचित भएर गएपछि त्यसलाई निन्तरता दिन सकिने बताउनुभयो । कम्यूनिष्ट दलहरुले दाङ राजधानी बनाउछौँ भनेर दंगालीलाई झुक्याउन खोजेको भन्दै खनालले दाङ राजधानी बनाउने विषयलाई कांग्रेसले पहिलो मुद्धाको रुपमा अगाडी ल्याएको उहाँको भनाई छ ।

उहाँले देख्दा मोटोमात्र हुने गाईले दुध नदिनुभन्दा त दुध दिने सानो गाई नै ठिक भन्दै आफूलाई सानो गाईको रुपमा लिन मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

प्रदेश सभा सदस्यकालागि (क) का उमेद्वार कमल किशोर घिमीरेले लोकतन्त्रलाई स्थाईत्व दिनकालागि नेपाली कांग्रेसलाई विजयी बनाउन मतदातालाई अनुरोध गरेका छन् ।

घिमीरेले नेपाली कांग्रेसले जितेमात्र देशमा लोकतन्त्र र प्रजातन्त्र स्थापना हुने बताए ।

यो निर्वाचन पार्टीको प्रतिष्ठासँग जोडिएकाले त्यसै अनुसार अगाडि बढन मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाली काग्रेसको जित सुनिश्चित रहेको समेत दावी गर्नुभयो ।

दाङ कांग्रेसको किल्ला भएकाले यसपटकको निर्वाचन पनि कांग्रेसकै पक्षमा भएको उहाँको भनाई छ । जिल्लाका पहाडी क्षेत्रमा कांग्रेसले धेरै क्षेत्रमा विकासका पूर्वाधारहरु पु¥याएको घिमीरले जानकारी दिनुभयो ।

प्रदेश सभा सदस्यकालागि (ख) का उमेद्वार भरतबहादुर न्यौपानेले लोकतन्त्र र संविधानको रक्षाकालागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताउनुभयो । कांग्रेसबाहेक अन्य दलले निर्वाचन जितेमा लोकतन्त्र र संविधान नै खतरामा पर्ने उहाँको भनाई छ ।

लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनकालागि कांग्रेसले जित्न आवश्यक रहेको न्यौपानेले बताउनुभयो । लोकतन्त्र रक्षकहरु र अधिनायकवादबीचको जनमत संग्रहको रुपमा अहिलेको निर्वाचन रहेको न्यौपानेको भनाई छ ।

लोकतन्त्र बचाउने की देशलाई अधिनायकवाद तर्फ लैजाने त्यसको छिनोफानो गर्ने जिम्मा मतदातहरुमा रहेको भन्दै उहाँले लोकतन्त्र रक्षाकालागि सहयोग गर्न मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा निवर्तमान सांसद एवं कांग्रेस नेतृ अनिता देवकोटाले कांग्रेसको एकता देखेर गठबन्धन अत्तालिएको बताउनुभयो ।

आगमी निर्वाचनकालागि कांग्रेसहरु एक भएको देखेर गठबन्धको मनोवल गिरिसकेको देवकोटाको भनाई छ ।

उच्च बनोवलकासाथ लोकतन्त्र बचाउन र संविधान कार्यान्वयनकालागि सम्पूर्ण लोकतान्त्रीक शक्तीहरु एक भएर लाग्न देवकोटाले अनुरोध पनि गर्नुभयो ।

देशको हरेक विकास र निकासमा कांग्रेसको अहम् भूमीका भएको पनि देवकोटाको भनाई छ ।

यस्तै क्षेत्र नम्बर ३ बाट उमेद्वार बनेका प्रतिनीधी सभातर्फ दिपक गिरी, प्रदेश (क) मा डिल्लीबहादुर चौधरी र (ख) का बुद्धिराम भण्डारी पनि चुनावी अभियान गाँउगाँउमा रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*