Home / समाचार / क्षेत्र नम्बर १ मा पाण्डवेश्वर मन्दिरमा पूजा गरेर कांग्रेसको प्रचार सुरु

क्षेत्र नम्बर १ मा पाण्डवेश्वर मन्दिरमा पूजा गरेर कांग्रेसको प्रचार सुरु

दाङ, २२ कार्तिक
नेपाली कांग्रेसले दाङमा चुनावी प्रचार सुरु गरेको छ । जिल्लाका ३ वटै क्षेत्रमा चुनावी कार्यक्रमहरुलाई तीव्र बनाएको कांग्रेस दाङले बताएको छ ।

उमेद्वारहरु आफ्नो निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रमका साथै कार्यकर्ता भेटघाट सुरु गरेका छन् ।

क्षे नम्बर १ का उमेद्वारहरुले आज वुधवार घोराही उपमहानगरपालिका ५ मा रहेको पाण्डवेश्वर महादेव मन्दिरको दर्शनसँगै पूजापाठ गरेर चुनावी प्रचारलाई सुरु गरेको छ ।

१ नम्बरमा पर्ने यस मन्दिरमा वुधवार विहान पुगेर प्रतिनीधी सभा सदस्यका उदेद्वार सुशीला चौधरी, समानुपातिक उमेद्वार पार्वति डिसी चौधरी, क्षेत्र नम्बर १ को प्रदेश (क) का उमेद्वार प्रदिप थापा र (ख) का उमेद्वार जानकीलाल बस्नेत मन्दिरमा पूजापाठ गरेर चुनावी प्रचारमा लाग्नुभएको छ ।

उहाँहरुको साथमा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भगवान्सँग जीतको आशीर्वाद लिएर प्रचार सुरु गरिएको प्रतिनीधी सभा सदस्यका उमेद्वार सुशीला चौधरीले जानकारी दिनुभयो ।

आज यस क्षेत्रका उमेद्वारहरुले धर्ना, राजपुर, बेलाका विभिन्न स्थानमा पुगेर कांग्रेसका अगुवा नेता कार्यकर्ता लगायत मतदाताहरुसँग भेटघाट गरेको प्रचारप्रसार समितिका संयोजक भेषराज पान्डेयले जानकरी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*