घोराही, २२ कार्तिक
निर्वाचन क्षेत्र नम्बर २ मा सल्लाहकार र अनुगमन समिति गठन गरिएको छ । क्षेत्रीय समितिको आज घोराहीमा बसेको बैठकले तिर्थराज ज्ञवाली (चैतु) को संयोजक रहेको सल्लाहकार समिति र विरकेशरी गौतम संयोजक रहेको अनुगमन समिति गठन गरिएको छ ।
जस अनुसार सल्लाहकार समिति कृष्णकिशोर घिमीरे, तिलकबहादुर डाँगी, विनोद पोख्रेल, कुमुद पोख्रेल, डा. अर्जुनकुमार बुढाथोकी, डा.विनबहादुरसिंह वली, निर्मलकुमार देवकोटा, शिव सुवेदी, भोजराज पाण्डे र नारायण भण्डारी लगायत रहनुभएको छ ।
यस्तै अनुगमन समितिमा घनश्याम रेग्मी, अनिता देवकोटा, लेवेन्द्र धिताल, खगराज पाण्डे, हरि रजौरिया, सुशीला थापा, टेकबहादुर डाँगी रहनुभएको छ ।
क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले सवारी दुर्घटनामा परि घाईते हुनुभएका निवर्तमान क्षेत्रीय सचिव रणबहादुर भण्डारीको उपचारका क्रममा निधन भएकोमा दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तीको कामना सहित शोकाकुल परिवार प्रति समवेदना व्यक्त गरेको छ ।
साथै बैठकले क्षेत्रीय पार्टि कार्यालयमा शोकपुस्तीका राख्ने निर्णय गरेको क्षेत्रीय सचिव बद्रिकुमार खड्काले जानकारी दिनुभयो ।
यस्तै नेपाली कांग्रेस त्रिपुर ईकाई सभापति दिपक पाण्डे, सौडियार सभापति कर्णबहादुर बुढाथोकी र धर्ना ईकाई सभापति विष्णुमणी दाहालले आज संयुक्त विज्ञप्ती निकालेर निवर्तमान क्षेत्रीय सचिव भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
RaptiSandesh RaptiSandesh