Home / Feature Breaking news / प्रजातान्त्रिक उद्यमी संघ घोराहीको अध्यक्षमा कडेल

प्रजातान्त्रिक उद्यमी संघ घोराहीको अध्यक्षमा कडेल

घोराही, २९ पुस
प्रजातान्त्रिक उद्यमी संघ घोराहीको अध्यक्षमा गुरुप्रसाद कडेल चयन भएका छन् । संघको शनिवार घोराहीमा भएको चौथो साधारण सभा तथा अधिवेशनले कडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको उद्योग उपाध्यक्षमा मानुृ केसी, वाणिज्य उपाध्यक्षमा मधुसुदन अधिकारी, महासचिवमा सुशीलप्रकाश आचार्य, सचिवमा तेजबहादुर पौडेल (विश्व) र कोषाध्यक्षमा भुवन पोख्रेल रहेका छन् ।

संघको सदस्यहरुमा मिनु गिरी, दिपक श्रेष्ठ, विन्दु पाण्डे, बदरुदिन राईन, लिलाराम खड्का, बसन्त गुप्ता, मोहन श्रेष्ठ र रामवीर चौधरी रहेका छन् । विभागिय संयोजकमा विना खनाल, ताराप्रसाद ढकाल, कमल परियार, योगेश पन्त, अमर अधिकारी रहेका छन् ।

उद्यमी संघका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षता एवं नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष हुमाकान्त अधिकारी, सल्लाहकारहरु भुपबहादुर डाँगी, गिरिराज सुवेदी र श्याम सुवेदी, चन्द्रराज पन्त, निर्मल न्यौपाने, दाङ जिल्ला उद्योग वणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशी, सदस्य विन्दु दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका उपाध्यक्ष प्रकाश सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव दिपक श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*