Home / Feature Breaking news / देउखुरी आईसोलेसन सेन्टर मंसिर १ गतेबाट बन्द हुने

देउखुरी आईसोलेसन सेन्टर मंसिर १ गतेबाट बन्द हुने

तिर्थराज ज्ञवाली
देउखुरी,२३ कार्तिक । राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर मंसिर १ गतेवाट बन्द हुने भएको छ ।

देउखुरीका चार पालिकाहरुलाई कोरोना संक्रमितहरुको उपचार गर्ने उद्देश्यले सञ्चालन आएको आइसोलेसन सेन्टर बन्द हुन थालेको हो । हालसम्म उक्त आइसोलेसन सेन्टरबाट चार पालिकाका २ सय ५५ जना कोरोना संक्रमितले सेवा लिएका छन् ।

राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिकाको मौरीघाट दाङमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन रहेको कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर रहेको भवन प्रदेश सभाको हिउँदे अधिवेसन तयारीको लागि आवश्यक पर्ने भएकोले चार वटै स्थानीय तहले आ–आफ्नो पालिकामा आईसोलेसन सेन्टर सञ्चालन गर्ने गरी कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर वन्द गर्ने निर्णय गरिएको हो ।

कोरोना विशेष देउखुरी आईसोलेसन केन्द्रका सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदी अध्यक्षतामा बसेको प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, लमही नगरपालिका उपाध्यक्ष देवका बेलवासे, गढवा र राजपुर गाउँपालिकाहरु अध्यक्ष शहजराम यादव, लोकराज केसी, लेफ्टीनेन्ट कर्णेल विजय बस्नेतलगायत उपस्थीत बसेको बैठकले आइसोलेसन सेन्टर बन्द गर्ने निर्णय गरेको हो ।

राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाहरुको संयुक्त लगानिमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर सञ्चालानार्थ लागेको खर्च विवरण आईसोलेसन सेन्टर बन्द गरेपछि चारवटै स्थानीय तहको उपस्थितिमा सार्वजनिक गरिने भएको छ ।

बैठकले कोरोना विशेष देउखुरी आईसोलेन सेन्टरमा खटिएका नेपाली सेना, स्वास्थ्यकर्मी ,अन्य कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद दिदै कोरोना संक्रमण वाट बच्नका लागि सबैले सचेतना अपनाउन पर्ने र यदि जो कोहिलाई कोरोना संक्रमण भएमा चार वटै पालिकाले रेखदेख लाई निरन्तरता दिदै जाने समेत निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*