नाम– यसोदा पाण्डे
ठेगाना– घोराही उप महानगर पालिका वडा नं १८ फुर्सेखाली
सामाजिक क्षेत्रका क्रियासिल भएको लामो समय भए पनि अहिले उनी उतिकै क्रियासिल रहदै आउनु भएको छ । सामाजिक कार्यमा सहभागि हुन पाउदा खुसी हुने गर्नु भएको छ । उहाले सामाजिक क्षेत्रमा छुट्टै पहिचान समेत वनाइ सक्नु भएको छ । गाउ घरमा सामाजिक संघ संस्था होस या जिल्लाका सामाजिक संघ संस्थामा वसेर काम गरि रहनु भएको छ ।
सामाजिक क्षेत्रमा २०५२ साल देखि क्रियासील रहदै आउनु भएको छ । २०५२ सालमा घोराही १८ मा रहेका सरस्वती महिला सामुदायिक वन उपभोक्ता समुहमा रहेर सामाजिक कार्य गर्नु भएको थियो । उहाले वनमा कोषाध्यक्ष तथा अध्यक्ष भएर समेत काम गरि सक्नु भएको छ । त्यसै गरेर २०५३ सालमा हिला समुह गठन गरेर २०५४ सालमा विधिवत रुपमा एकता महिला विकास बहुउदेश्य सहकारी संस्था दर्ता गर्नेका लागि समेत महत्वपुर्ण भुमिका खेल्नु भएको थियो ।
सहकारी संस्थामा कोषाध्यक्ष, सचिव तथा अध्यक्ष भएर काम गरि सक्नु भएको छ । उहाले संस्थामा अध्यक्ष भएर १० वर्ष काम गर्नु भएको थियो । अहिले संस्थाको सल्लहाकारको रुपमा रहनु भएको छ । संहकारीको क्षेत्रमा जिल्ला सहकारी संघमा पनि वसेर काम गर्नु भएको थियो । जिल्ला सहकारी संघमा ५ वर्ष सम्म महिला सदस्यको रुपमा रहेर संहकारीको माध्यम वाट सामाजिक सेवा गर्नु भएको थियो ।
घोराही खानेपानी संस्थामा कार्य समितीको सदस्य रहेछ खानेपानीको क्षेत्रमा समेत काम गदै आउनु भएको छ । त्यसै गरेर समुदायमा ग्रामिण पशु सेवा कार्य कर्ताको रुपमा २०५४ साल देखि कार्य गदै आउनु भएको छ । जुन हाल पनि जारी राख्नु भएको छ । कृषकका पशु सम्वन्धी सेवा प्रदान गर्नका लागि उहा घर घर सम्म पुग्ने गर्नु भनेको छ ।
सामाजिक क्षेत्र संगै राजनिती क्षेत्रमा समेत उहाको योग्दान महत्वपुर्ण रहेको छ । २०४६ साल देखि राजनितीमा जोडिनु भएको थियो । नेपाली काँग्रेस पार्टीमा आवद्ध भएर उहाले राजनिती मार्फत पनि सामाजिक सेवा गदै आउनु भएको छ । महिला संघ तथा पार्टीको विभिन्न स्थान बाट नेतृत्व गदै आउनु भएको छ । अहिले उहा नेपाली कांग्रेसको प्रदेश प्रतिनिधि र नेपाल महिला संघ क्षेत्र नं २ क को सभापती समेत रहनु भएको छ ।