Home / Feature Breaking news / नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलविरुद्ध किर्ते मुद्दा दायर

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलविरुद्ध किर्ते मुद्दा दायर

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध प्रहरीले किर्ते मुद्दा दायर गरेको छ।

कर कार्यालयको कर चुक्तासम्बन्धी नक्कली कागजपत्र बनाएको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले जिल्ला अदालत, काठमाडौंमा शुक्रबार लिखत किर्ते मुद्दा दायर गरेको हो। यसअघि नै पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकोमा कारागारमा छन्।

भ्रष्टाचार मुद्दाकै अनुसन्धानको क्रममा उनको घरबाट नक्कली कागजपत्र भेटिएपछि त्यससम्बन्धी अनुसन्धान गर्न अख्तियारले प्रहरीलाई पत्राचार गरेको थियो। जसमा मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को खण्ड (ग) अनुसारको कसुरमा अभियोग दायर गरिएको काठमाडौं प्रहरीले जनाएको छ।

उनीविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिई मुद्दा दायर भएको हो। सार्वजनिक सम्पत्तिको हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा उनलाई नौ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार सात रुपैयाँ जरिवानाको फैसला भएको थियो।

मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ बमोजिम पछिल्लोपटक गरेको कसुरमा हुने सजायको दोब्बर सजायसमेत मागदाबी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*