Home / Feature Breaking news / दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

दाङ, २१ कात्तिक । दाङका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा दाङका एक एकजना महिला र पुरुष कोरोना संक्रमितको मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–१० की २० वर्षीया सुत्केरी महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । श्रेष्ठका अनुसार प्रसुति सेवाका लागि उनी १६ कात्तिकमा अस्पतालमा भर्ना भएकी थिइन् ।

त्यसको भोलिपल्ट डेलिभरी भएपछि उनको स्वास्थ्यमा अचानक समस्या आएको थियो । १८ कात्तिकमा कोरोना परीक्षण गर्दा सोही दिन संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको कोभिड युनिटमा सारिएको थियो ।

आइसोलेसन कक्षमा अक्सिजन सपोर्ट दिएर उपचार गरिएको भएपनि शुक्रबार दिउँसो ३ः२० बजे मृत्यु उनको मृत्यु भएको थियो । यसैगरी लमही नगरपालिका–१० का ६४ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उपचारको क्रममा राति ९ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि १३ कात्तिकमा कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टिभएपछि उनलाई बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि १९ कात्तिकमा भेरी अस्पताल लगिएको थियो । भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*