Home / समाचार / घाईते भेटिएका युवकको मृत्यु, पहिचान खुलेन

घाईते भेटिएका युवकको मृत्यु, पहिचान खुलेन

घोराही, १७ साउन
भालुवाङमा घाईते अवश्यामा भेटिएका युवकको मृत्यु भएको छ । राति करिब १२ बजेको समयमा राप्ती गाँउ पालिका १ सशस्त्र प्रहरी बल ज्वालामाई गण नजिकै मोटरसाईकलसँगै घाईते अवश्थामा फेला परेका युवकको उपचारको क्रममा मृत्यु भएको हो । रा १ प ८८८१ नम्बरको मोटरसाईकलसँगै गम्भीर घाईते भएको अवश्थामा भेटिएका अन्दाजी ३७÷३८ वर्षको पुरुषको प्राथमीक उपचार केन्द्र लमहीमा उपचारको क्रममा राती करिब २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका लालबहादुर देउवाले जानकारी दिनुभएको छ । युवकको अहिलेसम्म पहिचान हुन सकेको छैन । मोटरसाईकल चालक हुन् या मोटरसाईकलले ठक्कर दिएर घाईते भएका हुन् भन्ने थाहा हुन नसकेको र अनुसन्धान भईरहेको प्रहरीेले बताएको छ ।

महिलाको पहिचान अझै खुलेन

देउखुरीको राप्ती गाँउपालिका १ मा राप्ती नदिको प्रगन्ना सिचाई आयोजनाको बाँधमा अड्कीएको अवश्थामा भेटिएको महिलाको अझैसम्म पहिचान हुन सकेको छैन । केही मात्रामा सडेको अवश्थामा भेटिएको शवको पहिचान हुन नसकेको । शव भेटिएको ईलाका प्रहरी कार्यालय भालुवाङले बताएकाृ छ ।

अन्दाजी २५ देखी ३० वर्ष उमेरको ५ फिट १ ईञ्च उचाई भएको महिलाको वायाँ हातको माझी औलामा पहलो औठी, साईली औलामा फलामको औठी, नाकमा फुली, दाहिने खुट्टामा मोसो भएको, बाँया हातमा नङ पालिस लगाएको, दाहिने हातमा यमाकला लेखी खोपेको, वर्ण कल्सौरो भएको, मंगोलियन समुदायको देखीने महिलाको हुलिया भएकाले चिन्नुहुने व्यक्तीहरुले सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*