Home / Feature Breaking news / प्रदेश स्तरिय प्रदर्शनीको उद्घाटन दिन शोभायात्रा हुने, सहभागीमध्य उत्कृष्ट ४ समूहलाई पुरस्कार

प्रदेश स्तरिय प्रदर्शनीको उद्घाटन दिन शोभायात्रा हुने, सहभागीमध्य उत्कृष्ट ४ समूहलाई पुरस्कार

घोराही, १ फागुन

यही फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को उद्घाटनका दिन शोभायात्रा हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको उद्घाटन फागुन ३ गते बुधवारका दिन बृहत शोभायात्रा गरिने आयोजक मूल समितिले जानकारी दिएको छ । उद्घाटन पूर्व सामाजिक संघसंस्था, टोल विकास संस्थाहरुको सहभागीतामा शोभायात्राको आयोजना गरिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

शोभायात्राकालागी संघसंस्था एवं टोल विकास संस्थाहरुलाई पत्राचार गरिसकेको शोभायात्रा व्यवस्थापन उपसमितिका संयोजक प्रेमकुमारी पुनले जानकारी दिनुभयो । शोभायात्रामा ब्यानर र झाँकी सहित सहभागीता जनाउन पनि उहाँले सम्पूर्ण संघसंस्था, टोल विकास संस्थाहरुलाई अनुरोध गर्नुभएको छ । शोभायात्रा फागुन ३ गते बिहान १० बजे ट्राफिक चोकमा जम्मा भएर शोभायात्रा सुरु गरिने संयोजक पुनले जानकारी दिनुभयो ।

उत्कृष्टलाई झाँकीलाई पुरस्कार

प्रदर्शनीमा सहभागीमध्य उत्कृष्ट झाँकी तथा ब्यानर प्रदर्शन गर्ने समूहलाई पुरस्कारको व्यवस्था गरिएको छ । शोभायात्रामा सहभागीमध्य मूल्यांकनको आधारमा उत्कृट ४ वटा समूहरुलाई पुरस्कृत गरिने आयोजक मूल समितिले जानकारी दिएको छ । उत्कृष्ट हुने प्रथम, दृतिय, तृतिय र सान्त्वनालाई क्रमशः नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार रुपैया पुरस्कार प्रदान गरिने े शोभायात्रा व्यवस्थापन उपसमितिका संयोजक प्रेमकुमारी पुनले जानकारी दिनुभयो ।

शोभायात्रामा विद्यालयलाई निम्तो गरिएन

‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को उद्घाटन दिन हुने शोभायात्रामा विद्यालयहरुलाई निमन्त्रण नगरिएको आयोजक मूल बताएको छ । विद्यालयका बालबालिकहरुलाई प्रयोग गर्ने गरि बाल अधिकारको मध्यनजगर गर्दै पढ्ने विद्यार्थीहरुलाई शोभायात्रामा निमन्त्रणा नगरिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो । औपचारिक रुपमा विद्यालयहरुलाई पत्राचार नगरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*