Home / Feature Breaking news / नेविसंघ दाङको सदस्यमा १२ जना मनोनित

नेविसंघ दाङको सदस्यमा १२ जना मनोनित

दाङ, २ फागुन ।

नेपाल विद्यार्थी संघ दाङको सदस्यमा १२ जना विद्यार्थीहरु मनोनित भएका छन् । नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलले नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठौ संसोधन २०७५ बमोजिम जिल्ला सदस्यमा दश जनालाई सोमबार मनोनित गरेका हुन ।

नेविसंघ दाङको जिल्ला सदस्यमा मनोनित हुनेहरुमा घोराही उपमहानगरपालिकाबाट गुरुप्रसाद गौतम, तुलसीपुर उमहानगरपालिकाबाट प्रभाष लामिछाने र प्रमोद भण्डारी, लमही नगरपालिकाबाट बिरबहादुर विक, राप्ती गाउँपालिकाबाट प्रकाश रेग्मी, राजपुर गाउँपालिकाबाट उमेश यादव, गढवा गाउँपालिकाबाट सुवास चौधरी, दंगीशरण गाउँपालिकाबाट अर्जुन भट्राई, बबई गाउँपालिकाबाट घनश्याम घिमिरे रहेका छन् ।

त्यसैगरी महेन्द्र बहुमुखी क्याम्पस घोराहीबाट दिपशिखा खड्का, राप्ती बबई क्याम्पस तुलसीपुरबाट सुशीला परियार र देउखुरी बहुमुखी क्याम्पस लमहीबाट दिपेशकुमार यादवलाई जिल्ला सदस्यमा मनोनित गरेको नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिएका छन् ।

Post navigation

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*