Home / Feature Breaking news / कृत्रिम जलासयमा नुहाउने क्रममा युवक बेपत्ता

कृत्रिम जलासयमा नुहाउने क्रममा युवक बेपत्ता

दाङ, २१ भदौ । घोराही उपमहानगरपालिका–४ मा रहेको कृत्रिम जलासयमा नुहाउने क्रममा एक जना युवक बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका–४ को भकारेमा रहेको कमिरे ड्याममा आइतवार दिउँसो नुहाउने क्रममा घोराही–४ निवासी २३ बर्षीय गोपाल विक बेपत्ता भएको घोराही उपमहानगरपालिका वडा नं.४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिएका छन् ।

करिव दिउँसो दुई बजेतिर पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका ती युवकको खोजी कार्य भैरहेको वडा अध्यक्ष सार्कीले जानकारी दिएका छन् ।

पोखरी नजिकै मैदानमा फुटवल खेल्ने क्रममा गर्मी भएपछि पोखरीमा नुहाउन पुगेका सुनार पौडी खेल्ने क्रममा पोखरीमा डुवेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

केही महिना अघि घोराही उपमहानगरपालिका–१७ मा रहेको कृत्रिम जलासयमा पनि एक युवकको डुवेर मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*