Home / Feature Breaking news / तालमा डुबेर बेपत्ता युवाको खोजी गर्न गोताखोर बोलाइयो

तालमा डुबेर बेपत्ता युवाको खोजी गर्न गोताखोर बोलाइयो

दाङ,२२ भदौ । घोेराही उपमहानगरपालिका–४ को भकारेमा निर्माण गरिएको कृत्रिम जलाशयमा बेपत्ता भएका युवाको खोजी गर्नका लागि गोताखोर बोलाइएको छ। आइतबार दिउँसो नुहाउने क्रममा स्थानीय २३ वर्षीय गोपाल विक डुबेर बेपत्ता भएका थिए।

बेपत्ता युवाको खोजी आइतबार दिनभर पनि फेला नपरेपछि सोमबार गोताखोर बोलाइएको हो । बेपत्ता युवाको खोजी गर्नका लागि बाँकेको शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको गोताखोर बोलाएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् ।

उनका अनुसार आइतवार नेपाल प्रहरी, नेपाली सेनालगायतका स्थानीयले खोजी कार्य गरेपनि नभेटेपछि अहिले गोताखोर मगाइएको हो ।

कृत्रिम जलाशय निर्माण गरिएपनि ती जलाशयहरुमा तारबार नहुँदा पोखरीमा नुहाउन जाने हुदा बर्षेनी डुबेर मृत्यु हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*