Home / Feature Breaking news / लैंगिह हिंसा विरुद्ध १६ दिने अभियान : घोराहीका ४ विद्यालयमा आत्महत्या विरुद्ध सचेतना कार्यक्रम

लैंगिह हिंसा विरुद्ध १६ दिने अभियान : घोराहीका ४ विद्यालयमा आत्महत्या विरुद्ध सचेतना कार्यक्रम

घोराही, १७ मंसीर

नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा घोराहीका चार वटा विद्यालयहरुमा आत्महत्या विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने मूल नाराकासाथ मनाईरहेको अभियान अन्तरगत नेपाल महिला सामुदादयिक सेवा केन्द्र र नागरिक आवाजको सहकार्यमा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिकाको चारवटा सामुदायिक विद्यालयहरुमा आत्महत्या विरुद्ध सचेतना कार्यक्रम गरिएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ को मावि डाँडागाउँ गोग्ली, घोराही उपमहानगरपालिका वडा नम्बर ६ को जयशेर मावि रावतगाउँ, घोराही उपमहानगरपालिका वडा नम्बर १३ को बराहक्षेत्र मावि बनगाउँ र घोराही उपमहानगरपालिका वडा नम्बर १७ को मावि चौघेरामा सचेतना कार्यक्रम गरिएको हो ।

चार विद्यालयका ३ सय बढि बालबालिका एवं शिक्षकहरुलाई मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले प्रशिक्षण दिनुभएको थियो । आत्महत्या भनेको के हो, आत्महत्याका कारणहरु, लक्षणहरु र न्यूनिकरणका उपायहरुका विषयमा कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रममा सहभागीहरु पछिल्लो समय समाजमा आत्महत्याका घटनाहरु बढ्दोमा मात्रामा रहेकाले यसको न्यूनिकरणकालागी सबै सचेत रहनुपर्ने बताएका थिए ।

मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्या बढिरहेकाले अभियान अन्तरगत विद्यालय केन्द्रिय सचेतना कार्यक्रमहरु आयोजना गरिएको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी सुस्मीता बिकले समुदायमा आत्महत्याको घटनाहरु बढिरहेको सुनेकाले यस विषयमा चेतनामूलक कार्यक्रम आयोजना गरेको संस्थालाई धन्यवाद दिनुभयो ।

उहाँले आफूहरुले बुझेको बिषय विद्यालय, घर र समुदायमा बुझाउने समुदायमा गरेर सबैलाई बाढ्ने पनि बताउनुभयो । अर्का विद्यार्थी प्राप्ती चौधरीले विद्यालयको नियमित पढाईसँगै यस्ता सचेतनामूलक कार्यक्रम हुन आवश्यक रहेको बताउनुभयो ।

‘हामीले आत्महत्या गर्ने व्यक्तिको परिवारलाई नराम्रो दृष्टिकोणले हेर्ने गथ्र्यौ, त्यो गलत गरिएको रहेछ भन्ने महशुुश गरे । मानिस कुनै न कुनै पिडा नभई उसको भावनालाई नबुझिदिनाले नै मानिसले आत्महत्या गर्न पुग्दो रहेछ ।’ उहाँले भन्नुभयो– ‘मानिसको मनको भावना सुनिदिनुपर्छ, माया ममता दिनुपर्छ भन्ने बुझियो । यो समय सान्दर्भिक विषय छ । हामीहरुले यो विषयमा बुझन पाउदा एकदमै खुसी छौ ।’

अभियान अन्तरगत अन्य विद्यालयहरुमा पनि कार्यक्रम आयोजना गरिने महिला सामुदायिक सुरक्षा जालो कार्यक्रमका संयोजक लिला शाहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*