घोराही, २ फागुन
भोलीदेखी घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माले गर्नुहुने भएको छ ।
नेपाल घरेलु तथा साना उदोग महासंघ दाङको आयोजनामा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ हुने महोत्सवको सञ्चार तथा सुचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले गर्ने आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौरामा भोली बुधवारदेखी सुरु हुने महोत्सवको उद्घाटनपूर्व शोभायात्रा गरिने दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय एवं राष्ट्रिय स्तरमा लघु तथा घरेलु उदोगहरुले उत्पादन गरेकावसतुहरुको पहिचान गराई कृषी तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधीहरुको जानकारी सहिचत आन्तरिक एवं बाह्य पवर्धनमा टेवापु¥याउने, महिला उदामशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको उचित गुणस्तरको पहिचान गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला स.स्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषीको आधुनिकरणकोलागी कृषी प्रविधीहरुको प्रदर्शनी गर्ने लगायतकासाथ उद्धेश्यकासाथ महोत्सवको आयोजना गरिएको छ ।
RaptiSandesh RaptiSandesh