Home / Feature Breaking news / जाल्पा लघुवित्तद्वारा विपन्न परिवारलाई सहयोग

जाल्पा लघुवित्तद्वारा विपन्न परिवारलाई सहयोग

घोराही, ११ असार

कोरोना महामारीका कारण लामो समयदेखी भएको लकडाउनका कारण समस्यामा रहेका दाङका अति विपन्न परिवारलाई जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले खाद्यान्य सहयोग गरेको छ ।

जिल्लाका विभिन्न समुदायका अति विपन्न परिवारलाई खाद्यान्य सहयोग गरेको हो । लामो समयमा लकडाउन भएकाले मजदुर गर्ने अति विपन्न परिवारहरुलाई खानको लागि समस्या भएकाले उनीहरुलाई खाद्यान्य सहयोग गरिएको हो ।

जिल्लाको घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बंगलाचुली गाँउपालिका र गढवा गढवा गाँउपालिकाका अति विपन्न परिवारहरुलाई दैनिक आवश्यक खाद्यान्य सहयोग गरिएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लुम्बीनी प्रदेश प्रमुख पवन योगीले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाको ५० घर परिवार, लमही नगरपालिकाको १५ घरपरिवार, बंगलाचुली गाँउपालिकाको २० घरपरिवार र गढवा गाँउपालिकाको १५ घरपरिवारलाई खाद्यान्य सहयोग गरियको योगीले जानकारी दिनुभयो । स्थानीय पालिकाहरुसँगको समन्वयमा अति विपन्न परिवारहरुलाई सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

‘लामो समय लकडाउन भएकाले अति विपन्न परिवारका व्यक्तीहरुलाई साँझविहानको छाक टार्न धेरै नै समस्या रहेको छ’ उहाँले भन्नुभयो– ‘स्थानीय सरकारसँगको समन्वयमा हामीले अति विपन्न परिवारलाई खाद्यान्य सहयोग गरेका हाँै ।’

यसैगरि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको समन्वयमा दाङका विभिन्न अस्पतालहरुमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । राप्ती समाज युकेसँगको समन्वयमा दाङका तीन ओटा स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सनट्रेटरहरु वितरण गरिएको हो ।

लमही अस्पताल, राजपुर स्वास्थ्य केन्द्र र बंगलाचुली गाउँपालिकामा अक्सिजन कन्सनट्रेटरसहित अन्य स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको जाल्पा सामुदायिक लघुवित्तका प्रदेश प्रमुख पवन योगीले जानकारी दिनुभयो । यसै गरी लायन्स क्लब अफ घोराही सिटीसँगको समन्वयमा पनि जिल्लाका विभिन्न स्थानहरुमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*