Home / समाचार / नेपाल महिलाद्वारा विपन्न परिवारलाई सहयोग

नेपाल महिलाद्वारा विपन्न परिवारलाई सहयोग

घोराही, ११ असार
कोरोना महामारीको समयमा अति कोरी समुदायलाई खाद्यान्य सहयोग गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले घोराही उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको कोरी समुदायमा खाद्यान्य सहयोग गरेको हो ।

कोरोना महामारीका कारण लामो समयदेखी भएको लकडाउनका कारण अति विपन्न परिवारहरु आर्थिक समस्यामा रहेकाले उनीहरुलाई खाद्यान्य सहयोग गरिएको हो । यस समुदायका ३० घरपरिवालाई खाद्यान्य सहयोग गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका सामाजिका विकास अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिनुभयो ।

लकडाउनको समयमा अति विपन्न परिवारलाई सहयोग गरिरहेको नेपाल महिला सामुदायिक सेवा केन्द्रले विपन्न समुदायमा पनि दाखन्य सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । संस्थाले घोराही उपमहानगरपालिकाका विभिन्न स्थानका विपन्न परिवारहरुलाई खाद्यान्य सहयोग गरिरहेको गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*