Home / Feature Breaking news / १० जना जुवाडे नगद ७० हजारसहित पक्राउ
फाईल तस्वीर

१० जना जुवाडे नगद ७० हजारसहित पक्राउ

घोराही, ६ कार्तिक

जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराहीमा जुवा खेलिरहेको अवश्थामा १० जनालाई पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १५ उषाटोल स्थित शरद लामिछानेको घरमा जुवा खेलिरहेको अवश्थामा १० जनालाई नगद ७० हजार ६ सय ६० रुपैया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जुवा तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा पुगेको प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १५ का बर्ष ६० को शरद लामिछाने, बर्ष ४८ को केवल खत्री, बर्ष ५६ को बागसिंह के.सी, बर्ष ३६ को नरेश रोका, बर्ष ५६ को बिष्णु श्रेष्ठ, बर्ष ४१ को बिनोद हिमानी, बर्ष ५९ को केशर बहादुर पछाई, बर्ष ५१ को नरेश बुढा, बर्ष ४८ को धन बहादुर रोका र घोराही उपमहानगरपालिका १७ का बर्ष ५० को पदम के.सीलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इश्वर थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*