काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय तोकिएको छ । इमरानलाई १४ वर्ष र उनकी श्रीमतीलाई सात वर्ष जेल सजाय तोकिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
अल कादिर ट्रस्टको जग्गामा भ्रष्टाचार गरेको प्रमाणित भएपछि खान दम्पतीलाई जेल सजाय तोकिएको हो । इमरानलाई १० लाख र उनकी श्रीमतीलाई पाँच लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकिएको छ ।